हितोपदेश 10:11
TSK
धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्टहरूको मुखमा हिंसा लुकेको हुन्छ ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्टहरूको मुखमा हिंसा लुकेको हुन्छ ।
समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो ।
ए सर्पका सन्तानहरू, तिमीहरू दुष्ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ ।
धर्मशास्त्रले भनेझैँ जसले मलाई विश्वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्नेछन् ।”
तिमीहरूका वचनहरू सधैँ अनुग्रहसहित होस् । तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, र हरेक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्न सक ।