गरिब मानिसको मुद्दामा उसको पक्षपात नगर ।
TSK
TSK · हितोपदेश 18:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
झुटो न्याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू ।
तिमीहरूले जबरजस्ती न्याय हरण नगर । पक्षपात नगर न त घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
परमेश्वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?
कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्टको पक्षलाई कृपा गर्छौ? सेला
यी पनि बुद्धिमान्का नीति-वचनहरू हुन् । मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन ।
जसले घुस लिएर दुष्टलाई छोडिदिन्छ र निर्दोषलाई उसको अधिकार हनन् गर्छ!
तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।