TSK

TSK · हितोपदेश 2:13

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

केही दुष्‍ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्‍दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।

त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्‍छा गर्दैन ।

दुष्‍टहरूको मार्ग अन्धकारजस्तै छ । तिनीहरू केमा ठक्‍कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन ।

शान्तिको बाटो तिनीहरूले जान्दैनन् र तिनीहरूका बाटोहरूमा न्याय हुँदैन । तिनीहरूले बाङ्गा बाटोहरू बनाएका छन् । यी बाटोहरूमा यात्रा गर्नेहरूले शान्ति जान्दैनन् ।

यसैले, ए मानिसको छोरा, तेरा मानिसहरूलाई भन्, ‘धर्मी मानिसले पाप गर्छ भने त्यसको धार्मिकताले त्यसलाई बचाउनेछैन! दुष्‍ट मानिसले आफ्नो पापबाट पश्‍चात्ताप गर्छ भने त्यसको दुष्‍टताले त्यो नष्‍ट हुनेछैन! किन धर्मी मानिसले पाप गर्छ भने त्यो आफ्नो धार्मिकताको कारणले बच्नेछैन ।

जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेट्टाउँदैन ।

मुख्य व्यक्‍तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए

तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै छ भनी त्यसलाई थाहा हुँदैन ।

किनभने तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौँ, न त अन्धकारका नै ।

किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो ।

तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हाम्रा थिएनन्‌ । यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए, तर तिनीहरू हाम्रा होइनन् भन्‍ने देखाउन तिनीहरू गए ।