तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्च्याउँदै भागे । तिनीहरू, “धर्तीले हामीलाई पनि निल्ने भो!” भन्दै चिच्च्याए ।
TSK
TSK · हितोपदेश 21:11
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तब सहरका सबै मानिसले त्यसलाई ढुङ्गाले हानेर मारून् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्टतालाई हटाउने छौ । सारा इस्राएली यो सुनेर डराउने छन् ।
बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,
विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।
विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, र बुद्धिमान्को कानले यसको खोजी गरेर भेट्टाउँछ ।
यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्नेहरू सबैमा ठुलो डर छायो ।
तिनीहरूले जस्तै हामीले दुष्ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।
मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ ।