TSK

TSK · हितोपदेश 28:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाबले इस्राएलमाथि शासन गर्न थाले । तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

यहूदाका राजा आसाको छब्बिसौँ वर्षमा बाशाका छोरा एलाहले तिर्सामा बसेर सारा इस्राएलमाथि शासन गर्न थाले । तिनले दुई वर्ष राज्य गरे ।

यहूदाका राजा अजर्याहको अठतिसौँ वर्षमा यारोबामका छोरा जकरियाले सामरियाम बसेर इस्राएलमाथि छ महिना राज्‍य गरे ।

¶ त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिए र यरूशलेममा तिनका बुबाको ठाउँमा तिनलाई राजा बनाए ।

अब त्यस सहरमा एउटा गरिब मानिस फेला पारियो । त्यो बुद्धिमान् थियो, जसले आफ्नो बुद्धिले सहरलाई बचायो । तरै पनि पछि कसैले पनि त्यस गरिब मानिसलाई सम्झेन ।

तिमीहरूमध्ये केहीले प्राचीन भग्‍नावशेषको पुनःनिर्माण गर्नेछौ । धेरै पुस्ताको भग्‍नावशेषलाई खडा गर्नेछौ । तिमीहरूलाई यसो भनिनेछ, “पर्खाल मरम्मत गर्नेहरू,” बस्‍नलाई गल्‍लीहरू पुनःर्स्थापना गर्नेहरू।”

मैले आफ्‍नो क्रोधमा तँलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा त्यसलाई मैले हटाएँ ।