TSK

TSK · हितोपदेश 4:15

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्‍यसलाई तपाईंले आफूबाट टाढा पुर्‍याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्‍न नदिएको भए ।

हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल । तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे ।

सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा ।

त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ । जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्‍तपातको बारे सुन्‍नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्‍टता हेर्नदेखि आफ्ना आँखाहरू बन्‍द गर्छ—