वर्तमान घण्टा
नवौँ घडी – नोन
हामी क्रूसमाथिको ख्रीष्टको उद्धारदायी मृत्युलाई र उहाँको राज्यमा आफूलाई सम्झनु भनी माग्ने डाँकुको पश्चात्तापलाई सम्झन्छौँ।
हरेक घण्टाको प्रस्तावना
पिता, पुत्र र पवित्र आत्माको नाममा
एक परमेश्वर, आमेन।
हे प्रभु, दया गर्नुहोस्। हे प्रभु, दया गर्नुहोस्। हे प्रभु, आशीर्वाद दिनुहोस्। आमेन।
पिता र पुत्र र पवित्र आत्मालाई महिमा होस्, अब र सधैं र युगानुयुगसम्म। आमेन।
हाम्रो पिता
त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस् ।
हामीलाई आज दिनभरिको भोजन दिनुहोस् ।
हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौँ ।
र हामीलाई परीक्षामा नडोर्याउनुहोस्, तर दुष्टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’
धन्यवादको प्रार्थना
हामी उपकार गर्ने र करुणामय परमेश्वरलाई, हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टका पितालाई, धन्यवाद दिऊँ; किनकि उहाँले हामीलाई ओढिनुभयो र मदत गर्नुभयो, र हामीलाई जोगाउनुभयो, र आफ्नो नजिक स्वीकार्नुभयो, र हामीमाथि दया गर्नुभयो, र हामीलाई सम्हाल्नुभयो, र यस घडीसम्म ल्याउनुभयो। उहाँलाई नै फेरि प्रार्थना गरौँ कि उहाँले हामीलाई यस पवित्र दिनमा र हाम्रो सम्पूर्ण जीवनका दिनहरूमा आफ्नो शान्तिमा जोगाउनुहोस्। सबथोकको स्वामी, हाम्रा प्रभु परमेश्वर।
हे स्वामी परमेश्वर, सर्वशक्तिमान, हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टका पिता, हामी तपाईंलाई धन्यवाद दिन्छौँ, सबै अवस्थामा, सबै कुराकालागि, र हरेक अवस्थामा; किनकि तपाईंले हामीलाई ओढिनुभयो, मदत गर्नुभयो, जोगाउनुभयो, आफ्नो नजिक स्वीकार्नुभयो, हामीमाथि दया गर्नुभयो, सम्हाल्नुभयो, र यस घडीसम्म ल्याउनुभयो।
यस कारण हामी तपाईंको भलाइबाट माग्छौँ र अनुरोध गरौँ, हे मानवहरूप्रति प्रेम गर्नुहुने, हामीलाई अनुग्रह दिनुहोस् कि हामी यो पवित्र दिन र हाम्रा जीवनका सबै दिनहरू तपाईंको भयमा, पूर्ण शान्तिसाथ पूरा गर्न सकौँ। सबै डाह, सबै परीक्षा, र शैतानका सबै कामहरू, र दुष्ट मानिसहरूको षड्यन्त्रहरू, र लुकेका र देखिने शत्रुहरूको उठान—यी सबै हामिबाट र तपाईंका सम्पूर्ण जनहरूबाट, र यो पवित्र स्थानबाट टाढा पारिदिनुहोस्। तर जे जे शुभ र उपयोगी छ, तिनै हामीलाई दिनुहोस्। किनकि तपाईं नै हुनुहुन्छ जसले हामीलाई सर्प र बिच्छीहरू र शत्रुको सबै शक्तिमाथि पाइला राख्ने अधिकार दिनुभएको छ। र हामीलाई परीक्षामा नपुर्याउनुहोस्, तर हामीलाई दुष्टबाट छुटाउनुहोस्।
एकलौटा पुत्र, हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टको अनुग्रह, दया र मानिसप्रतिको प्रेमद्वारा। उहाँमार्फत नै तपाईंलाई शोभायोग्य महिमा, आदर, सामर्थ्य र आराधना, उहाँसँगै र जीवनदायी पवित्र आत्मासँग, जो तपाईं बराबर हुनुहुन्छ, अब र सधैं र युगानुयुगसम्म, आमेन।
भजन ५०
¶ सर्वशक्तिमान्, परमप्रभु परमेश्वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।
सुन्दरताको सिद्धता सियोनबाट परमेश्वर प्रज्वलित हुनुभएको छ ।
हाम्रो परमेश्वर आउनुहुन्छ र चूपचाप रहनुहुन्न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्ड आँधी छ ।
उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्नुहुन्छ ।
“मेरा वोश्वासयोग्यहरूलाई मकहाँ भेला गराओ, जसले बलिदानद्वारा मसँग करार बाँधेका छन् ।”
आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला
“ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्वर, तेरो परमेश्वर हुँ ।
तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् ।
तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन ।
किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन् ।
पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् ।
म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्ने थिएनँ । किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन् ।
के म साँढेको मासु खानेछु वा बोकाको रगत पिउनेछु?
परमेश्वरलाई धन्यवादको बलि चढाओ र सर्वोच्चमा आफ्नो भाकल पुरा गर ।
कष्टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”
तर दुष्टलाई परमेश्वर यसो भन्नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,
किनभने तैंले शिक्षालाई घृणा गर्छस् र मेरा वचनलाई लत्याउँछस्?
तैंले चोरलाई भेट्दा, त्योसँग तँ सहमत हुन्छस् । व्याभिचार गर्नेसँग तँ मिल्छस् ।
तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ ।
तँ बस्छस् र तेरो भाइको विरुद्धमा बोल्छस् । आफ्नै आमाको छोराको निन्दा तैंले गर्छस् ।
तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।
हे परमेश्वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।
धन्यवादको बलि चढाउनेले मेरो प्रशंसा गर्छ र आफ्नो मार्गलाई ठिक किसिमले योजना गर्ने कुनै पनि व्यक्तिलाई म परमेश्वरको उद्धार देखाउनेछु ।”
प्रार्थनाको आरम्भ
धन्य नवौँ घण्टाको स्तुति, म यसलाई मेरा राजा र परमेश्वर ख्रीष्टलाई अर्पण गर्दछु, र उहाँले मेरा पापहरू क्षमा गरिदिनुहुनेछ भन्ने आशा गर्दछु।
भजन ९५
¶ आओ, परमप्रभुको निम्ति हामी गाऔं । हाम्रो उद्धारको चट्टानको निम्ति हामी आनन्दसाथ गाऔं ।
उहाँको उपस्थितिभित्र हामी धन्यवादसाथ पसौं । प्रशंसाको भजनले हामी उहाँको निम्ति गाऔं ।
किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ ।
पृथ्वीको गहिराइ उहाँको हातमा छ । पहाडहरूका उच्चाइहरू उहाँकै हुन् ।
समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्खा जमिन उहाँकै हातले बनाए ।
आओ, हामी आराधना गरौं र घोप्टो परौं । हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं ।
किनकि उहाँ हाम्रो परमेश्वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौं । आज, तिमीहरूले उहाँको सोर सुन्नेछौ ।
“मेरीबामा वा उजाडस्थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार,
जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे ।
किनकि चालिस वर्षसम्म म त्यो पुस्तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।'
यसकारण मैले आफ्नो रिसमा शपथ खाएँ, कि तिनीहरू मेरो विश्राम गर्ने ठाउँमा कहिल्यै प्रवेश गर्नेछैनन् ।
भजन ९६
¶ परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ ।
परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्यको भन । उहाँको उद्धार दिनदिनै घोषणा गर ।
उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर ।
किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्नुपर्छ ।
किनकि जातिहरूका सबै देवता मूर्तीहरू हुन्, तर आकाश बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ ।
उहाँको उपस्थितिमा वैभव र ऐश्वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन् ।
हे मानिसहरूका वंशहरू हो, परमप्रभुको स्तुति गर, उहाँको महिमा र सामर्थ्यको निम्ति परमप्रभुलाई प्रशंसासाथ स्तुति गर ।
परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ । बलि ल्याओ र उहाँको मन्दिरभित्र आओ ।
पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ ।
जातिहरू माझमा भन, “परमप्रभुले राज्य गर्नुहुन्छ ।” संसार पनि स्थापित भएको छ । यसलाई डगाउन सकिंदैन । उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ ।
आकाश खुसी होस् र पृथ्वी आनन्दित होस् । समुद्र गर्जिओस् र त्यसलाई भर्नेचाहिं आनन्दले कराओस् ।
मैदानहरू र त्यसमा भएका सबै थोक आनन्दित होऊन् । वनका सबै रूखहरूले आनन्दले कराऊन्,
परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ ।
भजन ९७
¶ परमप्रभुले राज्य गर्नुहुन्छ । पृथ्वी आनन्दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।
बादल र अन्धकारले उहाँलाई घेर्छन् । धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो ।
आगो उहाँको अगिअगि जान्छ र उहाँका वैरीहरूलाई हरेकतिर भष्म पार्छ ।
उहाँको बिजुलीको चमकले संसारलाई उज्यालो बनाउँछ । पृथ्वीले देख्छ र थरथर काम्छ ।
परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन् ।
आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।
कुँदेका आकृतिहरू पुज्नेहरू, व्यर्थका मूर्तिहरूमा घमण्ड गर्नेहरू सबै जना लाजमा पर्नेछन् । हे सबै देवता हो, उहाँमा घोप्टो पर!
हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्दित भए ।
हे परमप्रभु, तपाईं सारा पृथ्वीभन्दा उच्च हुनुहुन्छ । तपाईं सबै देवताभन्दा उच्च हुनुहुन्छ ।
तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्तहरूका जीवन रक्षा गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दुष्टको हातबाट बाहिर निकाल्नुहुन्छ ।
धार्मीहरूका निम्ति ज्योति प्रकट हुन्छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ ।
ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ । अनि तिमीहरूले उहाँको पवित्रता सम्झिंदा धन्यवाद देओ ।
भजन ९८
¶ परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ । उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ ।
परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ ।
उहाँले इस्राएलको घरनाको निम्ति आफ्नो करारको बफादरी र विश्वस्तता सम्झिनुहुन्छ । पृथ्वीको अन्तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्वरको विजय देख्नेछन् ।
हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।
वीणा बजाएर परमप्रभुको प्रशंसा गर । वीणा बजाओ र मधुर धुनसहित गाओ ।
तुरहीहरू र सिङको आवाजले परमप्रभु राजाको सामु आनन्दसाथ जयजयकार गर ।
समुद्र र त्यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ ।
नदीहरूले तिनीहरूले आफ्ना ताली बजाऊन् र पहाडहरू आनन्दले कराऊन् ।
परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
भजन ९९
¶ परमप्रभुले राज्य गर्नुहुन्छ । जातिहरू थरथर होऊन् । उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ । पृथ्वी थरथराओस् ।
परमप्रभु सियोनमा महान् हुनुहुन्छ । उहाँ सबै जातिभन्दा माथि उचालिनुभएको छ ।
तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून् । उहाँ पवित्र हुनुहुन्छ ।
राजा शक्तिशाली हुनुहुन्छ र उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ । तपाईंले निश्पक्षता स्थापित गर्नुभएको छ । तपाईंले याकूबमा धार्मिकता र न्याय गर्नुभएको छ ।
परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पाउदानमा आराधना गर । उहाँ पवित्र हुनुहुन्छ ।
मोशा र हारून उहाँका पुजारीमध्येका थिए, र शमूएल उहाँको नाउँ पुकारा गर्नेहरूमध्येका थिए । तिनीहरू परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो ।
उहाँ तिनीहरूसँग बादलको खामोबाट बोल्नुभयो । उहाँले तिनीहरूलाई दिनुभएको उहाँका महत्त्वपूर्ण आज्ञाहरू र विधिहरू तिनीहरूले पालन गरे ।
हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो । तपाईं तिनीहरूको निम्ति क्षमा दिनुहुने परमेश्वर हुनुहुन्थ्यो, तर जसले तिनीहरूका पापपूर्ण कामहरूलाई दण्ड दिनुभयो ।
परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पवित्र पर्वतमा आराधना गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ ।
भजन १००
¶ हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर ।
खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ ।
परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं ।
धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस । उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर ।
किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्वस्तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।
भजन १०९
¶ हे परमेश्वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्नुहोस्,
किनकि दुष्टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन् ।
तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्छन्, र तिनीहरूले मलाई विनाकारण आक्रमण गर्छन् ।
मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु ।
भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् ।
यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्ट मानिसलाई नियुक्त गर्नुहोस् । त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्त गर्नुहोस् ।
त्यसको न्याय हुँदा, त्यो दोषी भेट्टाइयोस् । त्यसको प्रार्थना पापपूर्ण ठानियोस् ।
त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् ।
त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्नी विधवा होस् ।
त्यसका छोराछोरी भौंतारिऊन् र आफ्ना भग्नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।
त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्यसले जे कमाउँछ त्यो विदेशीहरूले लुटून् ।
त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् ।
त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् ।
त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् ।
तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्झना पृथ्वीबाट मेटाइदेऊन् ।
परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्वस्तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो ।
त्यसले सराप्न मन परायो । त्यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्लाई घृणा गर्यो । त्यसकहाँ कुनै आशिष् नआओस् ।
त्यसले सरापलाई आफ्नो लुगाको रूपमा लगायो र त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो ।
त्यसको सराप त्यसले आफैलाई ढाक्नलाई लगाउने लुगाझैं, त्यसले सँधैं लगाउने कम्मर पेटीझैं त्यसैमा परोस् ।
मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्नेलाई परमप्रभुबाट यो इनाम होस् ।
हे परमप्रभु मेरो परमेश्वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्वस्तता असल भएको हुनाले मलाई बचाउनुहोस् ।
किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ ।
साँझको छायाझैं म लोप हुँदैछु । सहललाई झैं मलाई हल्लाइएको छ ।
उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु ।
मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ । तिनीहरूले मलाई देख्दा, तिनीहरूले आफ्ना शिर हल्लाउँछन् ।
हे परमप्रभु परमेश्वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्वस्तताद्वारा बचाउनुहोस् ।
हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् ।
तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष् दिनुहोस् । तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्दित होस् ।
मेरा वैरीहरू लाजले ढाकिऊन् । तिनीहरूले आफ्ना लाज लुगाझैं लगाऊन् ।
म आफ्नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु । म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु ।
किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।
भजन ११०
¶ परमप्रभुले मेरो प्रभुलाई भन्नुहुन्छ, “मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान नबनाएसम्म मेरो दाहिने हातपट्टि बस ।”
परमप्रभुले सियोनबाट तपाईंको शक्तिको राजदण्ड पसार्नुहुनेछ । तपाईंका शत्रुहरूमाथि राज्य गर्नुहोस् ।
तपाईंका मानिसहरूले तपाईंको शक्तिको दिनमा आफ्नै स्वइच्छाले पवित्र वस्त्रमा तपाईंको पछि लाग्नेछन् । प्रभातको गर्भदेखि नै तपाईंको जवानी तपाईंको निम्ति शीतझैं हुनेछ ।
परमप्रभुले शपथ खानुभएको छ र बद्लिनुहुन्नः “सदासर्वदाको निम्ति तिमी मल्कीसेदेकजस्तै पुजारी हौ ।”
परमप्रभु तिम्रो दाहिने हातपट्टि हुनुहुन्छ । उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई मार्नुहुनेछ ।
उहाँले जातिहरूको न्याय गर्नुहुनेछ । उहाँल युद्ध मैदानलाई मृत शरीरहरूले भर्नुहुनेछ । उहाँले धेरै देशहरूका अगुवाहरूलाई मार्नुहुनेछ ।
उहाँले बाटो नजिकैको खोलबाट पिउनुहुनेछ र तब विजयपछि उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ ।
भजन १११
¶ परमप्रभुको प्रशंसा गर । म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्नो सारा हृदयले परमप्रभुलाई धन्यवाद चढाउनेछु ।
परमप्रभुका कामहरू महान् छन् । तिनको इच्छा गर्ने सबैले उत्सुकतासाथ आसा गर्छन् ।
उहाँको काम ऐश्वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।
उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ । परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ ।
विश्वासयोग्यतासाथ उहाँको अनुसरण गर्नेहरूलाई उहाँले भोजन दिनुहुन्छ । उहाँले आफ्नो करार सधैं सम्झिनुहुनेछ ।
उहाँले जातिहरूका उत्तराधिकार आफ्ना मानिसहरूलाई दिनुहुँदा उहाँले तिनीहरूलाई आफ्ना शक्तिशाली कामहरू देखाउनुभयो ।
उहाँका हातहरूका कामहरू भरपर्दा र निष्पक्ष छन् । उहाँका सबै सुझावहरू विश्वासयोग्य छन् ।
विश्वासयोग्य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन् ।
उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभयो । उहाँले आफ्नो करार सदाको निम्ति स्थापित गर्नुभयो । उहाँको नाउँ पवित्र र भययोग्य छ ।
परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो । उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ । उहाँको प्रशंसा सदासर्वदा रहन्छ ।
भजन ११२
¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्न हुने मानिस धन्यको हो ।
त्यसका सन्तानहरू पृथ्वीमा शक्तिशाली हुनेछन् । भक्त मानिसका सन्तानहरू धन्यका हुनेछन् ।
धन र सम्पत्ति त्यसको घरमा हुन्छन् । उहाँको धार्मिकता सदासर्वदा रहनेछ ।
भक्त मानिसको निम्ति अन्धकारमा ज्योति चम्किन्छ । उहाँ अनुग्रही, कृपालु र निष्पक्ष हुनुहुन्छ ।
अनुग्रहसाथ व्यवहार गर्ने र रुपियाँ ऋण दिने, अनि आफ्नो करोबार इमानदारसाथ गर्ने मानिसको भलो हुन्छ ।
किनकि त्यो कहिल्यै डग्नेछैन । धर्मी व्यक्तिको सम्झना सधैं हुनेछ ।
त्यो खराब समाचारदेखि डराउँदैन । त्यो परमप्रभुमा भरोसा गरेर दृढ हुन्छ ।
त्यसले आफ्ना शत्रुहरूमाथि विजय नदेखेसम्म त्यसको हृदय विनाडर शान्त हुन्छ ।
त्यसले गरीबहरूलाई उदार चित्तले दिन्छ । त्यसको धार्मिकता सदासर्वदा रहन्छ । त्यसलाई आदरसाथ उच्च पारिनेछ ।
दुष्ट व्यक्तिले यो देख्नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्ट मानिसहरूका इच्छा नष्ट हुनेछ ।
भजन ११४
¶ जब इस्राएलले मिश्रदेश छोड्यो, याकूबका घराना विदेशी भाषा बोल्ने मानिसहरूबाट आयो,
तब यहूदा उहाँको पवित्रस्थान र इस्राएल उहाँको राज्य बन्यो ।
समुद्रले हेर्यो र भाग्यो । यर्दन पछि फर्कियो ।
पहाडहरू पाठाहरूझैं उफ्रे, डाँडहरू थुमाहरूझैं उफ्रे ।
ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्?
ए पहाड, तँ किन पाठाहरूझैं उफ्रिस्? ए साना डाँडाहरू, तिमीहरू किन थुमाहरूझैं उफ्र्यौ?
ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्वरको उपस्थितिमा सामु थरथर हो ।
उहाँले चट्टानलाई पानीको तलाउमा र कडा चट्टानलाई पानीको मूलमा बद्लिनुभयो ।
भजन ११५
¶ हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्वस्तता र तपाईंको सत्यताको खातिर तपाईंको नाउँको महिमा होस् ।
जातिहरूले किन यसो भन्ने, “तिनीहरूका परमेश्वर कहाँ छ?”
हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे इच्छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ ।
जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् ।
ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्दैनन् ।
तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् ।
ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्ना मुखबाट बोल्न सक्छन् ।
तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति त्यस्तै हुन्छ ।
ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ ।
परमप्रभुले हामीलाई ध्यान दिनुहुन्छ र हामीलाई आशिष् दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष् दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष् दिनुहुनेछ ।
उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष् दिनुहुनेछ ।
परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्तानहरूका सङ्ख्या धेरै वृद्धि गरून् ।
परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।
मृतहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, न त तल शान्तमा जाने कसैले गर्नेछ ।
तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।
पवित्र सुसमाचार सन्त लूकाको अनुसार (अध्याय ९:१०–१७)
जब पठाइएकाहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । तिनीहरूलाई उहाँसँगै लगेर, बेथसेदा भनिने सहरमा आफैँ तिनीहरूसँग जानुभयो ।
तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।
दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”
तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्नबाहेक अर्को उपाय छैन ।”
त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए । उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्न लगाओ ।”
अनि तिनीहरूले त्यसै गरे, र सबै मानिसहरू बसे ।
उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो ।
तिनीहरू सबैले खाए र सन्तुष्ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे ।
Tenoo oasht emmok o piekhristos nem pekyot en aghathos nem pi epnevma ethowab je akee ak soati emmon nai nan
हामी तपाईंलाई आराधना गर्छौँ, हे ख्रीष्ट, तपाईंका शुभ पितासँग र पवित्र आत्मासँग मिलेर, किनकि तपाईं आउनुभयो र हामीलाई बचाउनुभयो।
1. हे तपाईं, जसले हाम्रो निम्ति नवौँ घडीमा शरीरमा मृत्युको स्वाद लिनुभयो—हामी, पापीहरूका कामुक लालसाहरू मारिदिनुहोस्, हे ख्रीष्ट, हाम्रा परमेश्वर, र हामीलाई उद्धार गर्नुहोस्। मेरा बिन्तीहरू तपाईंको सामु नजिक आइपुगून्; तपाईंको वचन अनुसार मलाई बूझाइदिनुहोस्। मेरा याचना तपाईंको उपस्थितिमा आउन दिनुहोस्; तपाईंको वचन अनुसार मलाई जीवित पार्नुहोस्।
Doxa Patri ke Eioa ke Agio Pnevmati
पितालाई, पुत्रलाई र पवित्र आत्मालाई महिमा होस्।
2. हे तपाईं, जसले नवौँ घडीमा क्रूसमा झुन्डिँदा आफ्नो आत्मा पिताको हातमा समर्पण गर्नुभयो, र तपाईंसँगै क्रूसमा टाँसिएको डाँकुलाई स्वर्गोद्यानमा प्रवेश गराउनुभयो—मलाई, हराएकोलाई, नतिरस्कर्नुहोस् न त अस्वीकार गर्नुहोस्, हे दयालु; तर मेरो आत्मालाई पवित्र पार्नुहोस्, मेरो बुद्धिलाई उज्यालो पार्नुहोस्, र तपाईंका जीवनदायी पवित्र रहस्यहरूको अनुग्रहको सहभागी हुन दिनुहोस्; ताकि तपाईंका अनुग्रहहरूको स्वाद चाख्दा, म उदासीनताविनै तपाईंलाई स्तुति गर्न सकूँ, सबैभन्दा माथि तपाईंको तेजको लालसा राख्दै, हे ख्रीष्ट हाम्रा प्रभु, र हामीलाई उद्धार गर्नुहोस्।
Ke nin ke a ee ke ees toos e onas toan e oa noan ameen.
अहिले र सधैं, युगानुयुगसम्म, आमेन।
3. हे तपाईं, जो हाम्रो निम्ति कुँवारीबाट जन्मिनुभयो, हे दयालु, र क्रूसको कष्ट सहनुभयो; तपाईंको मृत्युद्वारा मृत्युलाई नष्ट गर्नुभयो, र तपाईंको पुनरुत्थानद्वारा पुनरुत्थान प्रकट गर्नुभयो—हे परमेश्वर, तपाईंका आफ्नै हातले सृष्टि गर्नुभएकोलाई नफर्किनुहोस्; तर, हे दयालु, तपाईंको मानवप्रेम प्रकट गर्नुहोस्। हाम्रा लागि तपाईंकी आमाबाट गरिएको मध्यस्थता स्वीकार गर्नुहोस्। हे मुक्तिदाता, विनम्र जनसमूहलाई उद्धार गर्नुहोस्। हामीलाई अन्त्यसम्म नछोड्नुहोस्, न त सधैंका लागि त्याग्नुहोस्। तपाईंको वाचा नटुटाउनुहोस्, र हामीबाट तपाईंको दया नलिनुहोस्—तपाईंका प्रिय अब्राहम, सेवक इसहाक, र सन्त इस्राएलको खातिर।
Ke nin ke a ee ke ees toos e onas toan e oa noan ameen.
अहिले र सधैं, युगानुयुगसम्म, आमेन।
4. जब डाँकुले जीवनका अधिपति क्रूसमा झुन्डिएको देखें, ऊ भन्यो: “हाम्रो साथमा क्रूसमा टाँसिनुभएको उहाँ देहधारी परमेश्वर नभएको भए घामले आफ्ना किरण लुकाउने थिएन, न पृथ्वी कम्पनले काँप्नेथियो। तर, हे सबै सहन गर्ने सर्वशक्तिमान, जब तपाईं आफ्नो राज्यमा आउनुहुन्छ, मलाई सम्झनुहोस्, हे प्रभु।”
Doxa Patri ke Eioa ke Agio Pnevmati
पितालाई, पुत्रलाई र पवित्र आत्मालाई महिमा होस्।
5. हे तपाईं, जसले क्रूसमा डाँकुको स्वीकारोक्ति स्वीकार गर्नुभयो—हामीलाई पनि तपाईंमा स्वीकार गर्नुहोस्, हे दयालु; हाम्रा पापहरूका कारण मृत्युदण्डका योग्य हामीलाई। हामी सबै उहाँसँग मिलेर आफ्ना पापहरू स्वीकार गर्छौँ, र तपाईंको देवत्व स्वीकार्दै, उहाँसँगै भन्दै कराउँछौँ: “जब तपाईं आफ्नो राज्यमा आउनुहुन्छ, हे प्रभु, हामीलाई सम्झनुहोस्।”
Ke nin ke a ee ke ees toos e onas toan e oa noan ameen.
अहिले र सधैं, युगानुयुगसम्म, आमेन।
6. जब आमाले मेष र गोठाला, संसारका मुक्तिदाता, लाई क्रूसमा झुन्डिएको देखिन्, उहाँ रोइरहँदा भनीन्: “संसारले उद्धार पाएकोमा आनन्द मान्दछ; तर सबैका खातिर तपाईंले सहनुभएको यो सलीबी कष्टलाई हेर्दा मेरो हृदय दन्किन्छ—मेरो पुत्र, मेरो परमेश्वर।”
त्यसपछि आराधक प्रार्थना गर्छ:
प्रभु, हामीलाई सुन्नुहोस्, हामीमाथि दया गर्नुहोस्, र हाम्रा पाप क्षमा गर्नुहोस्। आमेन।
(प्रभु, दया गर) ४१ पटक
क्षमादान
हे परमेश्वर पिता, हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टका पिता—उहाँको प्रकट हुनुबाट तपाईंले हामीलाई उद्धार गर्नुभयो र शत्रुको दासताबाट छुटाउनु भयो—हामी तपाईंको महान् र धन्य नामले बिन्ती गर्दछौँ कि हाम्रा मनहरूलाई सांसारिक चिन्ता र शारीरिक चाहनाबाट हटाएर तपाईंका स्वर्गीय न्यायहरूको सम्झनातर्फ मोडिदिनुहोस्; र हामीप्रतिको तपाईंको मानवहरूप्रतिको प्रेम पूर्ण गरिदिनुहोस्, हे कृपालु। हाम्रो प्रार्थना सधैं र यो नवौँ घडीको प्रार्थना तपाईंको सामु स्वीकार्य होओस्। र हामीलाई त्यो बोलावटको योग्य रूपमा चल्न दिनुहोस् जसमा हामीलाई बोलाइएको छ; ताकि जब हामी यो शरीरबाट निष्किएर बाहिर जान्छौँ, तपाईंका एकलौटा पुत्रका पीडाहरूका आराधनाका योग्यहरूसँग हामी गनिऊँ, र दया र हाम्रा पापहरूको क्षमा, र साँचो मन परेका सन्तहरूको समूहसँगै उद्धार प्राप्त गरौँ—जसले तपाईँलाई सत्यतापूर्वक युगदेखि युगसम्म प्रसन्न पारेका थिए, अहिले र सधैं।
हामिबाट विद्रोहीको सबै शक्ति र उसका सबै खराब सेना नाश गरिदिनुहोस्—जसरी तपाईंका एकलौटा पुत्रले उहाँका जीवनदायी क्रूसको शक्तिद्वारा तिनीहरूलाई कुच्नु भयो। र हामीलाइ तपाईं, हे स्वामी येशू ख्रीष्ट, तिमी क्रूसमा झुण्डिनुभएको बेलामा दाहिने छोरालाई जस्तै, तपाईं नजिकै स्वीकार गर्नुहोस्। र जस्तै तपाईंले अधोलोकको अन्धकारमा रहेका तिनीहरू माथि उज्यालो पार्नुभयो, त्यस्तै हामीमाथि उज्यालो पारिदिनुहोस्। र हामी सबैलाई सुखको स्वर्गमा फर्काइदिनुहोस्; किनकि तपाईं, हे हाम्रा स्वामी परमेश्वर, धन्य हुनुहुन्छ। र तपाईंका शुभ पिता र पवित्र आत्मासँगै तपाईंलाई महिमा, आदर, सामर्थ्य, अधिकार र आराधना सदा-सर्वदा छ, आमेन।
हरेक घण्टाको अन्त्यमा पढिने याचनाप्रार्थना
हामीमाथि दया गर्नुहोस्, हे परमेश्वर, अनि फेरि दया गर्नुहोस्। जसलाई हरेक बेला र हरेक घडी, स्वर्गमा र पृथ्वीमा, आराधना र महिमा गरिन्छ—हाम्रा शुभ ख्रीष्ट परमेश्वर; दीर्घधैर्यवान्, धेरै दयालु, प्रशस्त करुणाशील; जसले धर्मीहरूलाई प्रेम गर्नुहुन्छ र पापीहरूमाथि दया गर्नुहुन्छ—जसमध्ये पहिलो म हुँ; जसले पापीको मृत्यु चाहनुहुन्न तर ऊ फर्केर बाँचोस् भन्ने चाहनुहुन्छ; जसले सबैलाई उद्धारतर्फ आह्वान गर्नुहुन्छ, प्रतिज्ञा गरिएका उत्तम वस्तुहरूको निम्ति।
हे प्रभु, यस घडीमा र हरेक घडीमा हाम्रा याचनाहरू स्वीकार गर्नुहोस्। हाम्रा जीवनलाई सजिलो पारिदिनुहोस्, र तपाईंका आज्ञाहरू पालना गर्ने काममा हामीलाई मार्गदर्शन गर्नुहोस्। हाम्रा आत्माहरू पवित्र पार्नुहोस्। हाम्रा शरीरहरू शुद्ध पार्नुहोस्। हाम्रा विचारहरू सीधा गरिदिनुहोस्। हाम्रा नीयतहरू निर्मल पारिदिनुहोस्। हाम्रा रोगहरू निको पार्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्। र हामीलाइ हरेक खराब दुःख र मुटुको पीडाबाट बचाउनुहोस्। तपाईंका पवित्र स्वर्गदूतहरूद्वारा हामीलाई घेरेर राख्नुहोस्, ताकि हामी तिनीहरूको शिविरले जोगिएका र निर्देशित भई, विश्वासको एकतामा र तपाईंको अप्रत्यक्ष र असीम महिमाको ज्ञानमा पुगौँ; किनकि तपाईं अनन्तकालसम्म धन्य हुनुहुन्छ। आमेन।
हे परमेश्वर, हामीलाई कृतज्ञताका साथ यसरी भन्न योग्य बनाउनुहोस्: हे स्वर्गमा हुनुहुने हाम्रा पिता