घण्टावार प्रार्थनाहरू

वर्तमान घण्टा

शयन प्रार्थना – बाह्रौँ घडी

निद्राअघि हामी ख्रीष्टको समाधि, संसारको क्षणभंगुरता सम्झन्छौँ, र रातभरि क्षमा र संरक्षणका लागि बिन्ती गर्छौँ।

हरेक घण्टाको प्रस्तावना

पिता, पुत्र र पवित्र आत्माको नाममा

एक परमेश्वर, आमेन।

हे प्रभु, दया गर्नुहोस्। हे प्रभु, दया गर्नुहोस्। हे प्रभु, आशीर्वाद दिनुहोस्। आमेन।

पिता र पुत्र र पवित्र आत्मालाई महिमा होस्, अब र सधैं र युगानुयुगसम्म। आमेन।

हाम्रो पिता

त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,

तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस् ।

हामीलाई आज दिनभरिको भोजन दिनुहोस् ।

हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौँ ।

र हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’

धन्यवादको प्रार्थना

हामी उपकार गर्ने र करुणामय परमेश्वरलाई, हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टका पितालाई, धन्यवाद दिऊँ; किनकि उहाँले हामीलाई ओढिनुभयो र मदत गर्नुभयो, र हामीलाई जोगाउनुभयो, र आफ्नो नजिक स्वीकार्नुभयो, र हामीमाथि दया गर्नुभयो, र हामीलाई सम्हाल्नुभयो, र यस घडीसम्म ल्याउनुभयो। उहाँलाई नै फेरि प्रार्थना गरौँ कि उहाँले हामीलाई यस पवित्र दिनमा र हाम्रो सम्पूर्ण जीवनका दिनहरूमा आफ्नो शान्तिमा जोगाउनुहोस्। सबथोकको स्वामी, हाम्रा प्रभु परमेश्वर।

हे स्वामी परमेश्वर, सर्वशक्तिमान, हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टका पिता, हामी तपाईंलाई धन्यवाद दिन्छौँ, सबै अवस्थामा, सबै कुराकालागि, र हरेक अवस्थामा; किनकि तपाईंले हामीलाई ओढिनुभयो, मदत गर्नुभयो, जोगाउनुभयो, आफ्नो नजिक स्वीकार्नुभयो, हामीमाथि दया गर्नुभयो, सम्हाल्नुभयो, र यस घडीसम्म ल्याउनुभयो।

यस कारण हामी तपाईंको भलाइबाट माग्छौँ र अनुरोध गरौँ, हे मानवहरूप्रति प्रेम गर्नुहुने, हामीलाई अनुग्रह दिनुहोस् कि हामी यो पवित्र दिन र हाम्रा जीवनका सबै दिनहरू तपाईंको भयमा, पूर्ण शान्तिसाथ पूरा गर्न सकौँ। सबै डाह, सबै परीक्षा, र शैतानका सबै कामहरू, र दुष्ट मानिसहरूको षड्यन्त्रहरू, र लुकेका र देखिने शत्रुहरूको उठान—यी सबै हामिबाट र तपाईंका सम्पूर्ण जनहरूबाट, र यो पवित्र स्थानबाट टाढा पारिदिनुहोस्। तर जे जे शुभ र उपयोगी छ, तिनै हामीलाई दिनुहोस्। किनकि तपाईं नै हुनुहुन्छ जसले हामीलाई सर्प र बिच्छीहरू र शत्रुको सबै शक्तिमाथि पाइला राख्ने अधिकार दिनुभएको छ। र हामीलाई परीक्षामा नपुर्‍याउनुहोस्, तर हामीलाई दुष्टबाट छुटाउनुहोस्।

एकलौटा पुत्र, हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टको अनुग्रह, दया र मानिसप्रतिको प्रेमद्वारा। उहाँमार्फत नै तपाईंलाई शोभायोग्य महिमा, आदर, सामर्थ्य र आराधना, उहाँसँगै र जीवनदायी पवित्र आत्मासँग, जो तपाईं बराबर हुनुहुन्छ, अब र सधैं र युगानुयुगसम्म, आमेन।

भजन ५०

¶ सर्वशक्तिमान्, परमप्रभु परमेश्‍वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।

सुन्दरताको सिद्धता सियोनबाट परमेश्‍वर प्रज्‍वलित हुनुभएको छ ।

हाम्रो परमेश्‍वर आउनुहुन्छ र चूपचाप रहनुहुन्‍न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्‍ड आँधी छ ।

उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्‍नुहुन्‍छ ।

“मेरा वोश्‍वासयोग्यहरूलाई मकहाँ भेला गराओ, जसले बलिदानद्वारा मसँग करार बाँधेका छन् ।”

आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्‍वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला

“ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्‍वर, तेरो परमेश्‍वर हुँ ।

तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् ।

तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन ।

किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन् ।

पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् ।

म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्‍ने थिएनँ । किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन् ।

के म साँढेको मासु खानेछु वा बोकाको रगत पिउनेछु?

परमेश्‍वरलाई धन्यवादको बलि चढाओ र सर्वोच्‍चमा आफ्नो भाकल पुरा गर ।

कष्‍टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”

तर दुष्‍टलाई परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,

किनभने तैंले शिक्षालाई घृणा गर्छस् र मेरा वचनलाई लत्याउँछस्?

तैंले चोरलाई भेट्दा, त्योसँग तँ सहमत हुन्छस् । व्याभिचार गर्नेसँग तँ मिल्‍छस् ।

तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ ।

तँ बस्छस् र तेरो भाइको विरुद्धमा बोल्छस् । आफ्नै आमाको छोराको निन्दा तैंले गर्छस् ।

तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।

हे परमेश्‍वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।

धन्यवादको बलि चढाउनेले मेरो प्रशंसा गर्छ र आफ्नो मार्गलाई ठिक किसिमले योजना गर्ने कुनै पनि व्‍यक्‍तिलाई म परमेश्‍वरको उद्धार देखाउनेछु ।”

प्रार्थनाको आरम्भ

धन्य निद्रापूर्वको स्तुति, म यसलाई मेरा राजा र परमेश्वर ख्रीष्टलाई अर्पण गर्दछु, र उहाँले मेरा पापहरू क्षमा गरिदिनुहुनेछ भन्ने आशा गर्दछु।

भजन १२९

¶ “मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्,” इस्राएलले भनोस् ।

“मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्, तापनि तिनीहरूले मलाई पराजित गरेका छैनन् ।

हलो जोत्‍नेहरूले मेरो ढाडमा जोते । तिमीहरूले आफ्‍ना हलोको डोबलाई लामो बनाए ।

परमप्रभु धर्मी हुनुहुन्छ । उहाँले दुष्‍टहरूका डोरीहरू काट्नुभएको छ ।”

सियोनलाई घृणा गर्नेहरू सबै जना लाजमा परून् र फर्केर जाऊन् ।

तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ,

जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्‍नको बिटा बाँध्‍नेको छाती ढाक्‍न सक्दैन ।

त्यो बाटो हिंड्‍नेहरूले यसो नभनून्, “परमप्रभुको आशिष्‌‌‌ तिमीमाथि रहोस् । तिमीलाई परमप्रभुको नाउँमा हामी आशिष्‌ ‌‌दिन्छौं ।”

भजन १३๐

¶ हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।

हे परमप्रभु, मेरो सोर सुन्‍नुहोस् । दयाको निम्ति मेरो बिन्‍ती सुन्‍नलाई तपाईंका कानहरू सचेत होऊन् ।

हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?

तर तपाईंमा क्षमा छ, जसले गर्दा तपाईंको आदर गरिन्‍छ ।

म परमप्रभुमा पर्खिन्‍छु, मेरो प्राणले पर्खिन्‍छु र उहाँको वचनमा म आसा गर्छु ।

रक्षकले बिहानको प्रतीक्षा गर्नेभन्दा धेरै मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ ।

ए इस्राएल, परमप्रभुमा आसा गर । परमप्रभु कृपालु हुनुहुन्छ र उहाँ क्षमा दिन तत्पर हुनुहुन्छ ।

इस्राएललाई त्यसका सबै पापहरूबाट उद्धार गर्नुहुने उहाँ नै हुनुहुन्छ ।

भजन १३१

¶ हे परमप्रभु, मेरो हृदय घमण्डी छैन न त मेरा आँखा हठी छन् । आफ्‍नै निम्ति मसँग ठुला आसाहरू छैनन् न त मैले गर्न नसक्‍ने कुराहरूको वास्‍ता म गर्छु ।

वास्तवमा मैले आफ्‍नो प्राणलाई स्थिर र शान्त बनाएको छु । दूध छोडाएको बालक आमासँग भएझैं, मभित्र मेरो प्राण दूध छोडेको बलकझैं छ ।

ए इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा नै आसा गर् ।

भजन १३२

¶ हे परमप्रभु, दाऊदको खातिर तिनका सबै कष्‍टहरू याद गर्नुहोस् ।

तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्‌सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् ।

तिनले भने, “म मेरो घरभित्र पस्‍नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन,

म आफ्‍ना आँखालाई सुत्‍न दिनेछैन न त आफ्‍ना पलकहरूलाई विश्राम दिनेछु,

जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्‌को निम्ति एउटा वासस्थान म पाउँदिन ।”

हेर्नुहोस्, हामीले यसबारे एप्रातामा सुन्यौ । हामीले यसलाई याआरको मैदनमा भेट्टायौं ।

हामी परमेश्‍वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं ।

हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्‍नुहोस् ।

तपाईंका पुजारीहरूले इमानदारीताको वस्‍त्र लगाऊन् । तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले कराऊन् ।

तपाईंको सेवक दाऊदको खातिर, तपाईंको अभिषिक्‍त राजाबाट नतर्किनुहोस् ।

परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु ।

तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्‍था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्‍नेछन् ।”

निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ ।

“यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।

म त्यसलाई प्रशस्‍त मात्रमा अन्‍नको आशिष्‌ ‌‌दिनेछु । त्यसका गरीबलाई म रोटीले तृप्‍त पार्ने छु ।

त्यसका पुजारीहरूलाई म उद्धारको वस्‍त्र पहिराउनेछु । त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गर्नेछन् ।

दाऊदको निम्ति त्‍यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्‍त जनको निम्ति एउटा बत्ती राख्‍नेछु ।

त्यसका शत्रुहरूलाई म लाजले ढाक्‍नेछु, तर त्‍यसको शीरमा त्‍यसको मुकुट चम्किनेछ ।”

भजन १३३

¶ हेर, दाजुभाइका निम्‍ति एकसाथ मिलेर बस्‍नु कति असल र सुखद कुरा हो ।

यो शिरमा लगाएको असल तेलजस्तो हो जुन दाह्रीतिर, हारूनकै दाह्रीतिर बगेर झर्छ र त्‍यसपछि यो तिनको वस्‍त्रको कठालोसम्म झर्छ ।

यो हेर्मोन डाँडाको शीतजस्तो हो जुन सियोन पर्वतमाथि झर्छ । किनकि परमप्रभुले त्यहाँ आशिष्‌— सदासर्वदाको जीवनलाई आज्ञा दिनुभयो ।

भजन १३६

¶ परमप्रभुलाई धन्यवाद देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

देवताहरूका परमेश्‍वरलाई धन्वाद देओ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

प्रभुहरूका प्रभुलाई धन्यवाद देओ किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई धन्यवाद चढाओ जसले मात्र महान् आश्‍चर्य कामहरू गर्नुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई धन्यवाद देओ जसले पृथ्वीलाई पानीहरूमाथि फैलाउनुभयो किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्‍य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

रातमा राज्‍य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई धन्यवाद देओ जसले मिश्रदेशका जेठालाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

र तिनीहरूको माझबाट इस्राएललाई बाहिर ल्याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

शक्तिशाली हात र उचालिएको बाहुलीले, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई धन्यवाद देओ जसले लाल समुद्रलाई विभाजन गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

र इस्राएललाई त्‍यसको माझबाट हिंडाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

तर फारो र तिनका फौजलाई लाल समुद्रमा नष्‍ट पार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई धन्यवाद देओ, जसले आफ्ना मानिसहरूलाई उजाडस्‍थानमा डोर्‍याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई जसले महान् राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई धन्यवाद देओ जसले प्रसिद्ध राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

र बाशानका राजा ओगलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

उहाँलाई धन्यवाद देओ जसले हाम्रा शत्रुहरूमाथि हामीलाई विजय दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

जसले सबै जीवित प्राणीलाई खाना दिनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

स्वर्गका परमेश्‍वरलाई धन्यवाद देओ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

भजन १३७

¶ बेबिलोनका नदीहरूका छेउमा बसेर हामीले सियोनको बारेमा विचार गर्दा हामी रोयौं ।

त्‍यहाँका लहरे पिपलका रूखहरूमा हामीले आफ्‍ना वीणाहरू झुन्डायौं ।

हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई गिल्ला गर्नेहरूले हामीलाई यसो भन्‍दै खुसी होओ भने, “हाम्रा निम्ति सियोनका गीतमध्‍ये एउटा गाओ ।”

विदेशी भूमिमा परमप्रभुको बारेमा हामीले कसरी गीत गाउन सक्थ्यौं?

हे यरूशलेम, मैले तेरो सम्‍झनालाई बेवास्‍ता गर्छु भने, मेरो दाहिने हातले आफ्‍नो सीप बिर्सोस् ।

मैले तेरो बारेमा फेरि विचार गरिनँ भने, आफ्‍ना सबभन्दा ठुलो आनन्दभन्दा बढी मैले तेरो चाह गरिनँ भने, मेरो जिब्रो मेरै तालुमा टाँसियोस् ।

हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, “यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।”

बेबिलोनकी छोरी, चाँडै नष्‍ट हुन्‍छ । तैंले हामीलाई जे गरिस् त्‍यसको बदला लिने व्यक्‍ति धन्यको होस् ।

जसले तेरा सा-साना बालबच्‍चालाई लिएर चट्टानमा पछार्छ, त्‍यो व्यक्‍ति धन्यको होस् ।

भजन १४०

¶ हे परमप्रभु, मलाई दुष्‍टहरूबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् ।

तिनीहरूले आफ्‍ना हृदयहरूमा दुष्‍ट योजना बनाउँछन् । तिनीहरू हरेक दिन युद्ध मच्‍चाउँछन् ।

सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन् । तिनीहरूका ओठहरूमा सर्पको विष हुन्‍छ । सेला

हे परमप्रभु, मलाई दुष्‍टहरूका हातबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् जसले मलाई घोक्र्याएर बाहिर निकाल्‍ने योजना बनाउँछन् ।

घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन् । तिनीहरूले जाल फिंजाएका छन् । तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन् । सेला

मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्‍नुहोस् ।”

हे परमप्रभु मेरा परमेश्‍वर, मलाई बचाउन तपाईं शक्तिसाली किसिमले सक्षम हुनुहुन्छ । युद्धको दिनमा तपाईंले मेरो शिरलाई छेक्‍नुहुन्छ ।

हे परमप्रभु, दुष्‍टहरूका इच्छाहरू पुरा नगर्नुहोस् । तिनीहरूका षड्यन्त्रहरू सफल नहोऊन् । सेला

मलाई घेर्नेहरूले आफ्‍ना शिर उठाउँछन् । आफ्‍नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।

बलिरहेको भुङ्‍ग्रो तिनीहरूमाथि खसोस् । कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्‍डमा फाल्नुहोस् ।

निन्‍दा गर्ने जिब्रो भएका मानिसहरूलाई पृथ्वीमा सुरक्षित नगरियोस् । हिस्रक मानिसलाई हिर्काएर मार्न खराबीले त्‍यसलाई खेदोस् ।

कष्‍टमा परेकाहरूका पक्षमा परमप्रभुले न्याय गर्नुहुनेछ भनी म जान्दछु र उहाँले दरिद्रहरूलाई न्याय दिनुहुनेछ ।

निश्‍चय नै धर्मी मानिसहरूले तपाईंको नाउँलाई धन्यवाद दिनेछन् । सोझा मानिसहरू तपाईंको उपस्थितिमा बस्‍नेछन् ।

भजन १४१

¶ हे परमप्रभु, तपाईंमा म पुकारा गरिरहेको छु । मकहाँ चाँडो आउनुहोस् । मैले तपाईंलाई पुकारा गर्दा मेरो पुकार सुन्‍नुहोस् ।

मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपझैं होस् । मेरा उचालिएका हातहरू साँझको बलिदान झैं होऊन् ।

हे परमप्रभु, मेरो मुखमा रक्षक राख्‍नुहोस् । मेरा ओठहरूका ढोकाहरूको रक्षा गर्नुहोस् ।

मेरो हृदयले कुनै कराब कुराको इच्‍छा नगरोस् वा दुष्‍ट किसिमले व्‍यवहार गर्ने मानिसहरूका पापपूर्ण कामहरूमा सहभागी नहोस् । तिनीहरूका कुनै स्वादिष्‍ट कुराहरू मैले खान नपरोस् ।

धर्मी मानिसले मलाई हिर्काओस् । त्‍यो मेरो निम्ति दया हुनेछ । त्यसले मलाई सच्याओस् । त्‍यो मेरो शिरमा लगाएको तेलझैं हुनेछ । मेरो शिरले त्‍यो स्वीकार गर्न इन्कार नगरोस् । तर मेरो प्रार्थना सधैं नै तिनीहरूका दुष्‍ट कामहरूको विरुद्धमा हुन्छ ।

तिनीहरूका अगुवाहरूलाई चट्टानको टाकुराबाट तल फालिनेछ । मेरा आफ्नै शब्‍दहरू सुखद छन् भनी तिनीहरूले सुन्‍नेछन् ।

तिनीहरूले भन्‍नुपर्नेछ, “जसरी कसैले जोत्छ र जमिन चिर्छ, त्यसरी नै हाम्रा हाडहरू चिहानको मुखमा छरिएका छन् ।”

हे परमप्रभु परमेश्‍वर, मेरा आँखाहरू निश्‍चय नै तपाईंमा हुन्‍छन् । तपाईंमा नै म शरण लिन्छु । मेरो प्राणलाई सुरक्षाहीन नछोड्नुहोस् ।

तिनीहरूले मेरो निम्‍ति राखेका पासोहरूबाट, दुष्‍ट काम गर्नेहरूका धरापहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् ।

म भागेर बाँच्‍दा दुष्‍टहरू आफ्नै पासोहरूमा फसून् ।

भजन १४५

¶ हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु ।

हरेक दिन म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु ।

परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ ।

एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।

म तपाईंको महिमाको ऐश्‍वर्य र तपाईंका अचम्‍मका कामहरू ध्‍यान गर्नेछु ।

तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्‍नेछन् र म तपाईंको महान‌्‌ताको घोषणा गर्नेछु ।

तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् ।

परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्‍वस्‍ततामा प्रशस्त हुनुहुन्छ ।

परमप्रभु सबैका निम्ति भला हुनुहुन्छ । उहाँका सबै काममा उहाँका कोमल कृपा छन् ।

हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंलाई धन्‍यको भन्‍नेछन् ।

तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको राज्यको महिमाको बारेमा भन्‍नेछन् र तिनीहरूले तपाईंको शक्तिको बारेमा बोल्‍नेछन् ।

तिनीहरूले मानवजातिलाई परमेश्‍वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् ।

तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ ।

असफल भइरहेका सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ र दबिएकाहरू सबैलाई माथि उठाउनुहुन्छ ।

सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ ।

तपाईंले आफ्नो हात खोल्नुहुन्छ र सबै जीवित प्राणीका इच्छा तृप्‍त पार्नुहुन्छ ।

परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी र उहाँले गर्ने सबै काममा अनुग्रही हुनुहुन्छ ।

परमप्रभुलाई पुकार्नेहरू सबैका नजिक, उहाँलाई सत्यतामा पुकार्नेहरूको नजिक हुनुहुन्छ ।

उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ ।

परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्‍टलाई नाश गर्नुहुनेछ ।

मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्‍यको भनून् ।

भजन १४६

¶ परमप्रभुको प्रशंसा गर । हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् ।

मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । म रहेसम्म परमप्रभुको प्रशंसा म गर्नेछु ।

शासकहरू वा मनावजातिमा आफ्‍नो भरोसा नराख, जसमा कुनै उद्धार छैन ।

जब मानिसको जीवनको सास रोकिन्छ, तब त्यो जमिनमा फर्किन्छ । त्यो दिन त्यसका योजना सिद्धिन्‍छ ।

त्यो धन्यको हो, जसको आफ्‍नो सहायताको निम्ति याकूबको परमेश्‍वर हुनुहुन्छ, जसको आसा परमप्रभुको आफ्‍नो परमेश्‍वरमा हुन्‍छ ।

परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।

थिचोमिचोमा परेकालाई उहाँले न्याय दिनुहुन्छ र भोकालाई भोजन दिनुहुन्छ । परमप्रभुले कैदीहरूलाई मुक्‍त गर्नुहुन्छ ।

परमप्रभुले अन्धाको आँखा खोल्नुहुन्छ । परमप्रभुले झुकेकालाई उठाउनुहुन्छ । परमप्रभुले धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ ।

परमप्रभुले देशमा विदेशीको सुरक्षा गर्नुहुन्छ । उहाँले अनाथ र विधवालाई माथि उठाउनुहुन्छ । तर उहाँले दुष्‍टहरूको विरोध गर्नुहुन्छ ।

परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्‍वरले सबै पुस्तामा राज्‍य गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

भजन १४७

¶ परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।

परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ ।

तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।

उहाँले ताराहरू गन्‍नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ ।

हाम्रा परमप्रभु महान्‌ र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्‍न गर्न सकिंदैन ।

परमप्रभुले थिचोमिचोमा परेकालाई माथि उठाउनुहुन्छ । उहाँले दुष्‍टहरूलाई तल जमिनमा झार्नुहुन्छ ।

धन्यवादसाथ परमप्रभुको प्रशंसा गर । वीणा बजाएर हाम्रो परमेश्‍वरको प्रशंसा गर ।

उहाँले आकाशलाई बादलले ढाक्‍नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ । पहडाहरूमाथि घाँस उमार्नुहुन्छ ।

उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।

घोडाको बलमा उहाँ प्रशन्‍न हुनुहुन्‍न । मानिसका बलियो गोडाहरूमा उहाँ खुसी हुनुहुन्‍न ।

परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्‍न हुनुहुन्छ, जसले उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्छन् ।

हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्‍वरको प्रशंसा गर् ।

किनकि उहाँले तेरा ढोकाहरूका डण्‍डाहरू बलियो बनाउनुहुन्छ । उहाँले तेरो माझमा भएका तेरा छोराछोरीलाई आशिष्‌ ‌‌दिनुहुन्छ ।

उहाँले तेरो सिमानाभित्र फिलिफाप ल्याउनुहुन्छ । उत्तम गहुँले उहाँले तँलाई तृप्‍त पार्नुहुन्छ ।

उहाँले आफ्ना आज्ञालाई पृथ्वीमा पठाउनुहुन्छ । उहाँका आज्ञा द्रूत गतिमा दौडिन्छ ।

उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ । उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ ।

उहाँले असिना कङ्कडझैं बर्साउनुहुन्छ । उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र?

उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्‍लिन्‍छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।

उहाँले आफ्नो वचन याकूबलाई, उहाँका विधिहरू र उहाँ धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो ।

उहाँले अरू कुनै जातिमा त्‍यसो गर्नुभएको छैन, र उहाँको आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन् । परमप्रभुको प्रशंसा गर ।

पवित्र सुसमाचार सन्त लूकाको अनुसार (अध्याय २:२५–३२)

हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए । उनी धर्मी र ईश्‍वरभक्‍त मानिस थिए । उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो ।

पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन ।

एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो ।

त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने,

“तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस् ।

किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,

जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ ।

तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।”

त्रिसाजियन (तीन पटकको पवित्रीकरण)

पवित्र परमेश्वर, पवित्र शक्तिशाली, पवित्र अमर—कुमारीबाट जन्मिनु भएका—हामीमाथि दया गर्नुहोस्। पवित्र परमेश्वर, पवित्र शक्तिशाली, पवित्र अमर—हाम्रा लागि क्रूसारोपित हुनुभएका—हामीमाथि दया गर्नुहोस्। पवित्र परमेश्वर, पवित्र शक्तिशाली, पवित्र अमर—मृतकबाट उठ्नुभई स्वर्गमा आरोहण गर्नुभएका—हामीमाथि दया गर्नुहोस्। पिता र पुत्र र पवित्र आत्मालाई महिमा होस्, अब र सधैं र युगानुयुगसम्म। आमेन। हे पवित्र त्रिएक परमेश्वर, हामीमाथि दया गर्नुहोस्। हे पवित्र त्रिएक परमेश्वर, हामीमाथि दया गर्नुहोस्। हे पवित्र त्रिएक परमेश्वर, हामीमाथि दया गर्नुहोस्।

हे प्रभु, हाम्रा पापहरू क्षमा गर्नुहोस्। हे प्रभु, हाम्रा अधर्महरू क्षमा गर्नुहोस्। हे प्रभु, हाम्रा गल्तीहरू क्षमा गर्नुहोस्। हे प्रभु, तपाईंका जनहरूको बिरामीहरूलाई भेट्नुहोस्; तपाईंको पवित्र नामको निम्ति तिनीहरूलाई निको पार्नुहोस्। हाम्रा पिता र हाम्रा दाजुभाइहरू, जो निद्रा पुगे, हे प्रभु, तिनीहरूको आत्माहरूलाई विश्राम दिनुहोस्। हे जसमा कुनै पाप छैन, हे प्रभु, हामीमाथि दया गर्नुहोस्। हे निष्पाप, हे प्रभु, हामीलाई मदत गर्नुहोस्, र हाम्रा याचनाहरू तपाईं समक्ष स्वीकार गर्नुहोस्; किनकि तपाईंलाई त्रिगुण पवित्रीकरणसहित महिमा, आदर र पवित्रता छ। हे प्रभु, दया गर्नुहोस्। हे प्रभु, दया गर्नुहोस्। हे प्रभु, आशीर्वाद दिनुहोस्। आमेन।

र हामीलाई कृतज्ञताका साथ यसरी भन्न योग्य बनाउनुहोस्: हे स्वर्गमा हुनुहुने हाम्रा पिता....

तिमीलाई शान्ति होओस्

तिमीलाई शान्ति होओस्। हामी तिमीलाई बिन्ती गर्दछौँ, हे पवित्रा, महिमाले परिपूर्ण, सदासर्वदा कुमारी, [theotokos] परमेश्वरकि आमा, ख्रीष्टकी आमा; हाम्रा प्रार्थनाहरू तिमीका प्रिय पुत्रकहाँ उचालिदेऊ, ताकि उहाँले हाम्रा पापहरू क्षमा गर्नुहोस्।

हामीलाइ साँचो ज्योति—हाम्रा ख्रीष्ट परमेश्वर—जन्माउने तिमीलाई शान्ति होओस्, हे पवित्रा कुमारी; प्रभुसँग हाम्रो निम्ति प्रार्थना गरिदेऊ, कि उहाँले हाम्रा आत्माहरूप्रति दया गर्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्।

हे कुमारी मरियम, [theotokos], मानव जातिकी विश्वसनीय मध्यस्थ, तिमीले जन्माउनुभएका ख्रीष्टका सामु हाम्रोकालागि मध्यस्थता गर, ताकि उहाँले हामीलाई हाम्रा पापहरूको क्षमा प्रदान गर्नुहोस्।

तिमीलाई शान्ति होओस्, हे सत्य रानी कुमारी; हाम्रा जातिको गौरवलाई शान्ति होओस्; तिमीले हामीलाइ इम्मानुएल जन्माइदियौ। हामी तिमीलाई बिन्ती गर्दछौँ: हे विश्वसनीय मध्यस्थे, हाम्रा प्रभु येशू ख्रीष्टको अगाडि हामीलाई सम्झनुहोस्, ताकि उहाँले हाम्रा पापहरू क्षमा गर्नुहोस्।

विश्वासलेखनको आरम्भ

हामी तिमीलाई, हे साँचो ज्योतिको आमा, महान् बनाउँछौँ; र तिमीलाई, हे पवित्रा कुमारी, [theotokos], महिमा दिन्छौँ; किनकि तिमीले हामीलाई संसारको उद्धारकर्तालाई जन्माइदियौ; उहाँ आउनुभयो र हाम्रो आत्माहरू उद्धार गर्नुभयो।

तिमीलाई महिमा होस्, हाम्रा स्वामी र हाम्रा राजा ख्रीष्ट; प्रेरितहरूको गौरव, शहीदहरूको माला, धर्मीहरूको उल्लास, कलीसियाहरूको दृढता, पापहरूको क्षमा।

हामी पवित्र त्रिएक परमेश्वरलाई घोषणा गर्दछौँ—एउटै दिव्यत्व—हामी उहाँलाई नमन र महिमा गर्दछौँ। हे प्रभु, दया गर्नुहोस्। हे प्रभु, दया गर्नुहोस्। हे प्रभु, आशीर्वाद दिनुहोस्। आमेन।

पवित्र अर्तोडक्स विश्वासलेखन (नाइसिन-कोन्स्टान्टीनोपोली)

साँच्चै, हामी एउटै परमेश्वरमा विश्वास गर्छौँ—पिता परमेश्वरमा—सबैको स्वामी, स्वर्ग र पृथ्वीका, देखिने र नदेखिने सबै वस्तुका सृष्टिकर्ता।

र एउटै प्रभु येशू ख्रीष्टमा, परमेश्वरको एकलौटा पुत्रमा—जो सबै युगहरू अघि पिताबाट जन्मनुभएको—प्रकाशबाट प्रकाश, साँचो परमेश्वरबाट साँचो परमेश्वर; [begotten_not_made] – जन्मिनुभएको, बनाइएको होइन; [of_one_essence] – पितासँग एउटै सारमा हुनुहुने; जसद्वारा सबै वस्तुहरू बने। उहाँ नै हाम्रा मानिसहरूका निम्ति र हाम्रा उद्धारका निम्ति स्वर्गबाट झर्नुभयो, र पवित्र आत्माद्वारा कुमारी मरियमबाट देहधारण गर्नुभयो, र मनुष्य बन्नुभयो। र हामीमाि लागि पिलातुस पन्तियुसको पालामा क्रूसारोपित हुनुभयो; दुःख भोग्नुभयो र गाडिनुभयो; र तेस्रो दिन शास्त्रअनुसार मृतकबाट उठ्नुभयो; र स्वर्गमा आरोहण गर्नुभयो; र पिताको दाहिनेतर्फ बसिरहनु भएको छ; र फेरि महिमापूर्वक आउनेछन्—जीवित र मृतकको न्याय गर्न; उहाँको राज्यको अन्त्य हुनेछैन।

हो, हामी पवित्र आत्मामा पनि विश्वास गर्छौँ—जीवनदायी प्रभुमा—जो पिताबाट उत्पन्न हुनुहुन्छ; जो पितासँग र पुत्रसँग मिलेर आराधना र महिमा पाउनुहुन्छ; जसले अगमवक्ताहरूमा बोल्नुभयो।

र एउटै पवित्र, सर्वव्यापी र प्रेरितिक कलीसियामा।

र पापहरूको क्षमाका लागि एउटै बप्तिस्मामा हामी स्वीकार गर्छौँ।

र हामी मृतकहरूको [resurrection] को प्रतिक्षा गर्छौँ, र आउने युगको जीवनको। आमेन।

Κύριε ἐλέησον किरिए एलेइसोन (प्रभु, दया गर्नुहोस्) 41 पटक

पवित्र, पवित्र, पवित्र

पवित्र, पवित्र, पवित्र, सेनाहरूका प्रभु। स्वर्ग र पृथ्वी तपाईंको महिमा र आदरले परिपूर्ण छन्। हे पिता परमेश्वर, सबैको स्वामी, हामीमाथि दया गर्नुहोस्। हे पवित्र त्रिएक परमेश्वर, हामीमाथि दया गर्नुहोस्। हे सेनाहरूका प्रभु परमेश्वर, हामीसँग रहनुहोस्; किनकि हाम्रा कष्ट र विपत्तिहरूमा तपाईंबाहेक हाम्रो सहयोगी कोही छैन।

हे परमेश्वर, हामीले स्वेच्छाले गरेका र अस्वेच्छाले गरेका; जानकार भएर र नजानीकन गरेका; लुकेका र प्रकट—यस्ता हाम्रा सबै दुर्व्यवहारहरू क्षमा, खोलिदिनुहोस् र बिर्सिदिनुहोस्। हे प्रभु, हाम्रा माथि राखिएको तपाईंको पवित्र नामको निम्ति तिनीहरूलाई हामीलाई क्षमा गर्नुहोस्—तपाईंको दयाअनुसार, हे प्रभु, हाम्रा पापअनुसार होइन।

र हामीलाई योग्य बनाउनुहोस् कि हामी कृतज्ञतासाथ यसरी भनौँ: हे स्वर्गमा हुनुहुने हाम्रा पिता..

क्षमादान

हे प्रभु, आजको दिन हामीले तपाईंविरुद्ध जे-कसरी गल्ती गरेका छौँ—कामले, वचनले, विचारले, वा हाम्रा सबै इन्द्रियहरूले—तपाईंको पवित्र नामको निम्ति तिनीहरूलाई क्षमा र बिर्सिदिनुहोस्—कृपालु र मानवहरूप्रति प्रेम गर्नुहुने रूपमा। र हामीलाई, हे परमेश्वर, शान्त रात प्रदान गर्नुहोस्; र यस निद्रालाई हरेक चिन्ताबाट शुद्ध गर्नुहोस्। र हामीलाइ शान्तिको स्वर्गदूत पठाउनुहोस् कि ऊ हामीलाई हरेक दुष्टता, हरेक चोट, र शत्रुको हरेक परीक्षाबाट जोगाओस्। तपाईंका एकलौटा पुत्र, हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टको अनुग्रह, दया र मानिसप्रतिको प्रेमद्वारा। उहाँमार्फत नै तपाईंलाई, उहाँसँगै महिमा, आदर र सामर्थ्य शोभिन्छ; जीवनदायी पवित्र आत्मासँग, जो तपाईं बराबर हुनुहुन्छ, अब र सधैं र युगानुयुगसम्म। आमेन।

हरेक घण्टाको अन्त्यमा पढिने याचनाप्रार्थना

हामीमाथि दया गर्नुहोस्, हे परमेश्वर, अनि फेरि दया गर्नुहोस्। जसलाई हरेक बेला र हरेक घडी, स्वर्गमा र पृथ्वीमा, आराधना र महिमा गरिन्छ—हाम्रा शुभ ख्रीष्ट परमेश्वर; दीर्घधैर्यवान्, धेरै दयालु, प्रशस्त करुणाशील; जसले धर्मीहरूलाई प्रेम गर्नुहुन्छ र पापीहरूमाथि दया गर्नुहुन्छ—जसमध्ये पहिलो म हुँ; जसले पापीको मृत्यु चाहनुहुन्न तर ऊ फर्केर बाँचोस् भन्ने चाहनुहुन्छ; जसले सबैलाई उद्धारतर्फ आह्वान गर्नुहुन्छ, प्रतिज्ञा गरिएका उत्तम वस्तुहरूको निम्ति।

हे प्रभु, यस घडीमा र हरेक घडीमा हाम्रा याचनाहरू स्वीकार गर्नुहोस्। हाम्रा जीवनलाई सजिलो पारिदिनुहोस्, र तपाईंका आज्ञाहरू पालना गर्ने काममा हामीलाई मार्गदर्शन गर्नुहोस्। हाम्रा आत्माहरू पवित्र पार्नुहोस्। हाम्रा शरीरहरू शुद्ध पार्नुहोस्। हाम्रा विचारहरू सीधा गरिदिनुहोस्। हाम्रा नीयतहरू निर्मल पारिदिनुहोस्। हाम्रा रोगहरू निको पार्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्। र हामीलाइ हरेक खराब दुःख र मुटुको पीडाबाट बचाउनुहोस्। तपाईंका पवित्र स्वर्गदूतहरूद्वारा हामीलाई घेरेर राख्नुहोस्, ताकि हामी तिनीहरूको शिविरले जोगिएका र निर्देशित भई, विश्वासको एकतामा र तपाईंको अप्रत्यक्ष र असीम महिमाको ज्ञानमा पुगौँ; किनकि तपाईं अनन्तकालसम्म धन्य हुनुहुन्छ। आमेन।

हे परमेश्वर, हामीलाई कृतज्ञताका साथ यसरी भन्न योग्य बनाउनुहोस्: हे स्वर्गमा हुनुहुने हाम्रा पिता...