तिमीले यसो गर्यौ र परमेश्वरले तिमीलाई यसै गर्न आज्ञा दिनुभयो भने तिमीले सहन सक्नेछौ र पुरै समुदाय सन्तुष्ट भएर आ-आफ्ना घर जान सक्नेछन् ।”
TSK
TSK · १ इतिहास 13:2
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
“इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ ।
राजाले नतान अगमवक्तालाई भने, “हे्र्नुहोस्, म देवदारुको महलमा बसिरहेको छु, तर परमेश्वरको सन्दुकचाहिं पालको माझमा रहिरहेको छ ।”
तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए । येहूले योरामका सेवकहरूलाई भने, “तिमीहरूको राय यस्तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् ।”
जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडे र भागे । अनि पलिश्तीहरू त्यहाँ आए र बसोबास गरे ।
त्यसपछि परमप्रभुको सन्दूकलाई त्यसको निम्ति तयार गरिएको ठाउँमा ल्याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।
यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्यान दिन सकुन् ।
सायद तपाईंका परमप्रभु परमेश्वरले प्रमुख कमाण्डरका कुराहरू सुन्नुहुनेछ जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरको निन्दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंको परमेश्वरले सुन्नुभएको कुराको निम्ति उहाँले हप्काउनुहुनेछ । अब अझै यहाँ बाँकी रहेकाहरूका निम्ति तपाईंले प्रार्थना गरिदिनुहोस् ।’”