मेरो निम्ति अलग गर्नका निम्ति तिनीहरूलाई प्रायश्चित्त गर्न र नियुक्त गर्न तिनीहरूलाई दिइएका मासु, रोटी तिनीहरूले खाऊन् । त्यो खाना कसैले नखाओस् किनकि त्यो मेरो निम्ति अर्पण गरिएको र मलाई छुट्ट्याइएको खाना हो ।
TSK
TSK · १ इतिहास 6:49
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
¶ तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू ।
त्यसपछि त्यसले त्यो गोरुलाई परमप्रभुको अगि मारोस् । हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमा चढाई छर्कून् ।
त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो । पापबलिको साँढेलाई त्यसले जे गरेको थियो, यस साँढेलाई पनि त्यस्तै गरोस्, र पुजारीले मानिसहरूका निम्ति प्रायश्चित्त गर्ने छ, र तिनीहरूलाई क्षमा हुने छ ।
¶ परमप्रभुले मोशालाई भन्नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,
मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा सबै दल अर्थात् तिमी, तिनीहरू र हारून परमप्रभुको सामु जानुपर्छ । तिमीहरू हरेकले आ-आफ्ना धुपौरा लिनुपर्छ र यसमा धूप राख्नुपर्छ ।
त्यसैले परमप्रभुको वचनको प्रतिज्ञाअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे ।
र त्यो स्वर्गदूत ऊप्रति दयालु हुन्छन् र परमेश्वरलाई यसो भन्छन् भने, 'य स व्यक्तिलाई मृत्युको खाडल जानबाट बचाउनुहोस् । उसलाई छुटकारा दिने मोल म तिर्नेछु,'