TSK

TSK · २ इतिहास 23:3

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।

तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।”

म इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु, जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ, 'इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन ।'

वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्‍ख्‍या ९५६ जना थिए । यी सबै मानिसहरू आ-आफ्‍ना पिताका घरानाहरूका निम्‍ति मुखियाहरू थिए ।

अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्‍यवस्‍था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तेरो निम्‍ति मानिसको अभाव हुनेछैन ।’

तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्‍छा गर्नुभएन । उहाँले दाऊद र तिनका सन्तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा उहाँले गर्नुभएको थियो ।

त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु ।