अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर;
TSK
TSK · २ इतिहास 31:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
बलियो हो र खुबै साहसी हो । मेरा दास मोशाले पालन गर्न तँलाई आज्ञा गरेका सबै व्यवस्था सावधानीसाथ पालन गर् । यसबाट दाहिनेतिर वा देब्रेतिर नलाग्, ताकि तँ जहाँ गए तापनि सफल हुन सक्ने छस् ।
त्यसैले परमप्रभु हिजकियासित हुनुभयो, र तिनी जहाँ गए तापनि तिनको उन्नति भयो । अश्शूरका राजाको विरुद्धमा तिनी बागी भए र उनको सेवा गरेनन् ।
अब आफ्नो सारा हृदय र आफ्नो प्राणले परमप्रभु आफ्ना परमेश्वरको खोजी गर । उठ र परमप्रभु परमेश्वरको पवित्रस्थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्दूक र परमेश्वरका पवित्र कुराहरू परमेश्वरको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याओ ।”
किनकि आसाले यहूदालाई भने, “हामी यी सहरको निर्माण गरौं र तिनका चारैतिर पर्खाल, धरहरा, ढोका र बारहरू बनाऔँ । यो देश अझ हाम्रै हो, किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको खोजी गरेका छौं । हामीले उहाँलाई खोज्यौं, र हरेकतिरबाट उहाँले हामीलाई शन्ति दिनुभएको छ ।” यसैले तिनीहरूले निर्माण गरे र सफल भए ।
तिनलाई परमेश्वरको आदरको गर्नुपर्छ भनेर शिक्षा दिने जकरियाको समयभरि तिनले परमेश्वरको अगुवाइ खोज्नमा आफैलाई लगाए । जबसम्म तिनले परमप्रभुको खोजी गरे, तबसम्म परमेश्वरले तिनको फलिफाप गराइदिनुभयो ।
तिनीहरू धन्य हुन् जसले उहाँका गहन आज्ञाहरू पालन गर्छन्, जसले आफ्नो सारा हृदयले उहाँको खोजी गर्छन् ।
किनकि तिमीहरूले मलाई खोज्नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्ना सारा हृदयले खोज्नेछौ ।
त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो ।