TSK

TSK · २ राजाहरू 21:18

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

मानिसहरूले तिनलाई उज्‍जाको बगैँचामा तिनकै चिहानमा गाडे, र तिनको ठाउँमा तिनका छोरा योशियाह राजा भए ।

तिनी बत्तिस वर्षको हुँदा तिनले राज्य गर्न सुरु गरेका थिए । तिनले यरूशलेममा आठ वर्ष राज्य गरे, र तिनी मर्दा कसैले पनि शोक गरेन । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा होइन ।

अरामीहरू जाने बेलासम्‍म योआश गम्‍भीर रूपले घाइते भएका थिए । पुजारी यहोयादाका छोराहरूका मृत्युको कारणले तिनका आफ्नै सेवकहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । तिनको ओछ्यानमा तिनीहरूले तिनलाई मारे, र तिनी मरे । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा चाहिं होइन ।

हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनलाई गाडे । तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धासुमन प्रकट गरे । तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।

त्यसलाई एउटा गधालाई गाडेझैं घिसारेर टाढा लगिन्‍छ र यरूशलेमका ढोकाहरूको बाहिर फ्याँकिनेछ ।