तापनि दाऊदले फेरि शपथ खाए र भने, “मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भनेर तपाईंको बुबाले राम्ररी थाहा पाउनुभएको छ । उहाँले भन्नुभएको छ, 'जोनाथनले यो कुरा थाहा पाउनुहुँदैन नत्र ऊ दुःखित हुनेछ ।' तर जस्तो परमप्रभु जीवित हुनुहुन्छ र तपाईं जीवित हुनुहुन्छ, म र मृत्यु बिच एक कदम मात्र छ ।”
TSK
TSK · २ शमूएल 15:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
एलियाले एलीशालाई भने, “कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले तिनीहरू बेथेलमा झरे ।
तब एलियाले तिनलाई भने, “कृपागरी, यहीँ बस, किनकि परमप्रभुले मलाई यर्दनमा पठाउनुभएको छ ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले ती दुई जना गइरहे ।
मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्टको समयको लागि जन्मेका हुन्छन् ।
त्यसपछि एक जना शास्त्री आएर उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई त्यहीँ पछ्याउनेछु ।”
जब उनी आए र परमेश्वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए ।
मैले तिमीहरूलाई दोषी ठहर्याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति ।