अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ । यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ । कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस् ।”
TSK
TSK · २ शमूएल 20:13
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए । ती गाईहरू कराउँदै गए तर दाँया र बाँया कतैतिर नलागी, तिनीहरू लोकमार्ग हुँदै गए । पालिश्तीहरूका शासकहरू बेथ-शेमेशको सिमानासम्म नै तिनीहरूको पछि-पछि गए ।
तर अश्शूरका राजाले तार्तान र रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए । तिनीहरू बाटोमा यात्रा गरे र यरूशलेम बाहिर आइपुगे । तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए र त्यहाँ रोकिए ।
तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा ।
ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।
उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्टिविहीन भिखारी बाटोमा बसेको थियो ।