¶ अब्राहामको समयमा परेको पहिलो अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो । इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए ।
TSK
TSK · २ शमूएल 21:1
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
¶ देशमा अति भयानक अनिकाल परेको थियो ।
जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्त हुने छैनौ ।
¶ तर इस्राएलका मानिसहरूले विनाशको निम्ति अलग गरिएका थोकहरूको बारेमा बेइमानीपूर्वक काम गरे । यहूदा कुलका जेरहको छोरो जब्दीको छोरो कर्मीको छोरो आकानले विनाशको निम्ति अलग गरिएका केही थोकहरू लिए, र परमप्रभुको क्रोध इस्राएलविरुद्ध दन्कियो ।
हामी उनीहरूलाई यसो गर्ने छौँ: हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्न हामी उनीहरूलाई बाँच्न दिने छौँ ।”
तब मानिसहरूले परमेश्वरलाई अझै प्रश्न सोध्ने इच्छा गरे, “के अझै अर्को मानिस आउनै छ?” परमप्रभुले जवाफ दिनुभयो, “तिनले आफैलाई सर-सामानाका बिचमा लुकाएका छन् ।”
त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”
के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्नो दासलाई भन्नुहोस् ।” परमप्रभुले भन्नुभयो, “ऊ तल आउनेछ ।”
त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र पमरप्रभुले तिनलाई भन्नुभयो, “तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग ।
¶ फेरि इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध पर्यो र उहाँले दाऊदलाई यसो भनेर उत्तेजित गर्नुभयो, “जा, इस्राएल र यहूदाको गणना गर् ।”
आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए । सामरियामा घोर अनिकाल परेको थियो ।
¶ अब एलीशाले त्यस स्त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्युबाट फेरि जिवित पारेका थिए । तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्छ त्यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ ।”
म परमेश्वरलाई भन्नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।
कष्टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”
¶ खडेरीको सम्बन्धमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो,