यो त उसले खरानी खाएको जस्तो भयो । उसको छलमा परेको हृदयले उसलाई बहकाउँछ । उसले आफैलाई बचाउन सक्दैन, न उसले यसो भन्छ, “मेरो दाहिने हातमा भएको यो कुरा झुटो देवता हो ।”
TSK
TSK · २ तिमोथी 3:13
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
कुनै एक जना अगमवक्ता छलमा पर्छ र यस्तो सन्देश भन्छ भने, म परमप्रभुले त्यस अगमवक्ता छलमा पार्नेछु । म आफ्ना हात त्यसको विरुद्धमा पसार्नेछु, र मेरो मानिस इस्राएलको बिचबाट त्यसलाई नाश गर्नेछु ।
¶ अहिले आत्माले प्रष्टसँग भन्नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् ।
जसरी यान्नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरूको मन भ्रष्ट भएको छ, र तिनीहरूले विश्वासलाई इन्कार गरेका छन् ।
यदि कसैले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कन्छ भने त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ ।
त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो ।
बत्तीको ज्योति तँमा कहिल्यै चम्कनेछैन । दुलहा र दुलहीको आवाज तँमा कहिल्यै सुनिनेछैन, किनभने तेरा व्यापारीहरू पृथ्वीका राजकुमारहरू थिए, र जातिहरू तेरा टुनामुनाद्वारा छानिएका थिए ।