किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवा गरेका छन् र अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन्, अनि अधिकारीहरू र अगुवाहरूले नै पहिले यस्तो अविश्वासको काम गरेका छन् ।”
TSK
TSK · प्रेरित 16:1
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए
त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे ।
पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए । तर पावल आफैँचाहिँ केही समय एसियामै बसे ।
मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
किनकि अविश्वासी पति पत्नीद्वारा पवित्र ठहरिन्छ र अविश्वासी पत्नी विश्वासी पतिको कारण पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोरा छोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।
किनकि परमेश्वरका पुत्र येशू ख्रीष्ट जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्यौँ, जो चाहिँ “हो” र “होइन” हुनुहुन्न । बरु, उहाँ सदा “हो” हुनुहुन्छ ।
तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ ।
¶ पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा अनुग्रह र शान्ति ।
जब तिमोथी तिमीहरू कहाँबाट विश्वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ ।
विश्वासमा साँचो पुत्र तिमोथीलाई, हाम्रो परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति ।
मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह, कृपा र शान्ति ।
सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्यौ । मैले त्यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो ।
तिमीहरूलाई यो थाहा होस्, कि हाम्रा भाइ तिमोथी स्वतन्त्र पारिएका छन् । यदि उनी छिट्टै आए भने, म तिमीहरूलाई उनीसँगै देख्नेछु ।