तिनीहरू बिहान सबेरै उठे र निस्केर तकोको उजाड-स्थानमा गए । जब तिनीहरू निस्केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्ना परमेश्वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”
TSK
TSK · प्रेरित 16:5
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तिनीहरूले परमेश्वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्नुभयो ।
अझ धेरै विश्वासीहरू अर्थात् असंख्य स्त्रीहरू र पुरुषहरू प्रभुमा थपिँदै थिए ।
यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।
तर परमेश्वरको वचन वृद्धि र गुणात्मक हुँदै गयो ।
र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।
अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्न सक्षम हुनुहुन्छ,
¶ स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।
तिमीहरूले येशू ख्रीष्टलाई जुन प्रकारले प्राप्त गर्यौ, सोही प्रकारले उहाँमा हिँड ।
हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्कलङ्क बनाऊन् ।
विभिन्न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् । तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन, किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्छ ।
तिमीहरूको केही समयको कष्टपछि तिमीहरूलाई ख्रीष्टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।