TSK

TSK · प्रेरित 17:29

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तिनले तिनीहरूबाट पाएको सुनलाई हतियारले खोपेर बाछाको एउटा मूर्ति बनाए । तब मानिसहरूले भने, “हे इस्राएल हो, मिश्रबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउने देव यिनै हुन् ।”

तिनीहरूले परमेश्‍वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे ।

पानीलाई कसले आफ्नो हातमा नापेको छ, आकाशलाई कसले आफ्‍नो हातले नापेको छ, पृथ्वीको धूलोलाई कसले डालोमा राखेको छ, पहाडहरू वा पर्वतहरूलाई कसले तराजुमा जोखेको छ?

मूर्तीहरू बनाउने सबै जना केही पनि होइनन् । तिनीहरू प्रशन्‍न हुने थोकहरू व्‍यर्थ हुन् । तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्‍न वा जान्‍न सक्दैनन् र तिनीहरू लजमा पारिनेछन् ।

त्यसपछि तिनीहरूले सुन र चाँदीले त्‍यसलाई सजाउँछन् । त्‍यो नढलोस् भनेर तिनीहरूले त्‍यसलाई घन र किल्लाले ठोक्दछन् ।

किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्‍ट रूपमा दृश्‍य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन ।