याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्याउँदैन । बरु, याकूब र इस्राएलबारे यसो भन्नुपर्छ, 'हेर, परमेश्वरले के गर्नुभएको छ!'
TSK
TSK · प्रेरित 9:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
हेर, म र परमप्रभुले मलाई दिनुभएको छोरा सियोन पर्वतमा वास गर्नुहुने सर्वशक्तिमान् परमप्रभुबाट, इस्राएलको निम्ति चिन्हहरू र आश्चर्य कामहरू हुन् ।
तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिँ यस्तो भयो, कि तिनीहरू आश्चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्चर्यकर्महरू कहाँबाट पाउँछन्?
त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्नेहरूले भने, “त्यो बसेर भिख माग्ने गर्ने के यही नै होइन?”
तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो?”
जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्ना येशूसँगै रहने गर्दथे भन्ने कुरा थाहा पाएर तिनीहरू छक्क परे ।
¶ तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए
म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्वरको मण्डलीलाई हिंसात्मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्यसलाई नष्ट गरिरहेको थिएँ ।
¶ हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।