त्यसपछि फारोले मोशा र हारूनलाई बोलाउन मानिसहरू पठाए । तिनले तिनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु । परमप्रभु धर्मी हुनुहुन्छ अनि म र मेरा मानिसहरू दुष्ट छौँ ।
TSK
TSK · दानिएल 9:14
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्टतापूर्वक काम गरेका छौँ ।
उहाँका हातहरूका कामहरू भरपर्दा र निष्पक्ष छन् । उहाँका सबै सुझावहरू विश्वासयोग्य छन् ।
तिनीहरू खनजोत गरिएको बारीको चारैतिर रुँग्नेहरूजस्तै हुनेछन्, किनकि त्यो मेरो विरुद्धमा बागी भएको छ, यो परमप्रभुको घोषणा हो,
विगतमा मैले तिनीहरूलाई जरैदेखि उखेल्न, लछार्न, नष्ट पार्न र हानि गर्न तिनीहरूलाई मेरो निगरानीमा राखेँ । तर आउने दिनहरूमा, तिनीहरूलाई निर्माण गर्न र तिनीहरूलाई रोप्न, म तिनीहरूको रेखदेख गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”
त्यसका वैरीहरू त्यसको मालिक भएका छन् । त्यसका शत्रुहरूको उन्नति हुन्छ । त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्ट दिनुभएको छ । त्यसका स-साना बालबच्चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन् ।
ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्च परमेश्वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।