TSK

TSK · प्रस्थान 20:13

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु । हरेक पशुबाट म प्राणको साटो लिनेछु । आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु ।

कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्‍यो भने त्यो परमेश्‍वरको वेदीमा भए तापनि त्यसलाई मार्नलाई लगियोस् ।

तर गोरुको मालिकचाहिँ निर्दोष होस् । तर गोरुको विगतमा हान्‍ने बानी थियो र त्यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ र गोरुले पुरुष वा महिलालाई मार्‍यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनैपर्छ र त्यसको मालिकलाई पनि मारिनैपर्छ ।

तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।

तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने

यसबाहेक, यरूशलेमको एउटा कुनादेखि अर्को कुनासम्म मृत्युले नभरिएसम्‍म नै मनश्शेले धेरै निर्दोष रगत बगाए । अनि परमप्रभुको दृष्‍टिमा जे खराब थियो, यहूदालाई त्यही गर्न लगाएर तिनले गरेका पापको पनि थियो ।

त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्‍त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ ।

यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन् ।

तर तपाईंहरूले निश्‍चय नै जान्‍नुपर्छ, कि तपाईंहरूले मलाई मार्नुभयो भने, तब तपाईंहरूले निर्दोष रगतको दोष आफैमा, यो सहरमा र यहाँका बासिन्‍दाहरूमा ल्‍याउँदै हुनुहुन्‍छ, र किनकि तपाईंहरूले सुन्‍ने गरी यी वचन घोषणा गर्न साँच्‍चै नै परमप्रभुले मलाई तपाईंहरूकहाँ पठाउनुभएको हो ।”

त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू?” येशूले भन्‍नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू,

जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुण्डीरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्‍का पनि हत्यारा हो, जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन ।

डाह, पियक्‍कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्‍वरको राज्यका हकदार हुनेछैनन् ।

किनभने जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्या नगर” पनि भन्‍नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ ।

कयिनजस्तो होइन जो दुष्‍टको थियो र त्यसले आफ्नो भाइलाई मार्‍यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्‍यो? किनकि उसका कामहरू दुष्‍ट थिए र उसको भाइका काम धार्मिक थिए ।