TSK

TSK · उत्पत्ति 21:22

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

त्यसपछि अब्राहामले परमप्रभुसँग प्रार्थना गरे, र उहाँले अबीमेलेक, तिनकी पत्‍नी, र तिनका कमारीहरूलाई निको पार्नुभयो र तिनीहरूले छोरीछोरी जन्माउन सके ।

हुनुहुन्छ?” त्यसपछि तिनीहरूले भने, “हामीले प्रस्टै देख्‍यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्‍छ । यसैले हाम्रा बिचमा, अर्थात्‌ तपाईं र हाम्रा बिचमा एउटा सम्‍झौता होस्‌ भन्‍ने हामीले निर्णय गर्‍यौँ,

लाबानले तिनलाई भने, “मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भने पर्ख, किनभने पूर्वलक्षणको प्रयोगद्वारा मैले थाहा पाएको छु, कि तिम्रो कारणले गर्दा परमप्रभुले मलाई आशिष् दिनुभएको छ ।

परमप्रभु उनीसँग हुनुहुन्छ र उनले गर्ने सबै काममा उनलाई समृद्धि मिल्छ भन्‍ने कुरा उनको मालिकले देखे ।

त्यसैले दाऊदले शाऊलसित शपथ खाए । अनि शाऊल घर गए, तर दाऊद र तिनका मानिसहरू माथि किल्लामा गए ।

योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ ।

सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”

त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?

तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ । किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु ।”