परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र भन्नुभयो, “यो भूमि म तेरा सन्तानहरूलाई दिनेछु ।” यसैले अब्रामले तिनीकहाँ देखा पर्नुहुने परमप्रभुको निम्ति एउटा वेदी बनाए ।
TSK
TSK · उत्पत्ति 35:7
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
याकूब बेर्शेबा छोडेर हारानतिर लागे ।
तिनले डराएर भने, “यो ठाउँ कस्तो भययोग्य रहेछ । यो त परमेश्वरको घरबाहेक अरू केही होइन । यो त स्वर्गको ढोका हो ।”
त्यसपछि मैले खामो बनाएको यो ढुङ्गाचाहिँ पवित्र ढुङ्गा हुनेछ । तपाईंले मलाई दिनुभए जति सबै थोकको दशांश म तपाईंलाई अवश्य चढाउनेछु ।”
म बेथेलको परमेश्वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् र मसित भाकल गरिस् । अब उठ् र यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि' ।”
अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ । त्यहाँ म परमेश्वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ ।”
तब मोशाले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ “परमप्रभु मेरो झण्डा हुनुहुन्छ” राखे ।
तैँले परमेश्वरमा भाकल गर्दा त्यसलाई पुरा गर्न ढिलो नगर्, किनकि परमेश्वर मूर्खहरूसित रमाउनुहुन्न । तैँले जे गर्छु भनेर भाकल गरेको छस्, त्यो गरिहाल् ।