TSK

TSK · उत्पत्ति 41:8

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्‍वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस् ।”

तब फारोले आफ्ना बुद्धिमानी मानिस र टुनामुना गर्नेहरूलाई डाके । तिनीहरूका जादुद्वारा तिनीहरूले पनि उही कुरो गरे ।

तर जादुगरहरूले पनि त्यसै गरे । तिनीहरूले पनि मिश्र देशभरि भ्यागुताहरू ल्याए ।

फोकाको कारणले जादुगरहरूले मोशाको विरोध गर्न सकेनन् । किनकि फोका सबै मिश्रीमाथि आइपरेको थियो ।

मरेकाहरू वा आत्माहरूसँग बोलेर आफैलाई वेश्‍यासरह तुल्‍याउनेहरूलाई पछ्‍याउने मानिसको विरुद्ध म खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्‍कार गर्ने छु ।

त्यसपछि पलिश्ती मानिसहरूले पुजारीहरू र जोखाना हेर्नेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई भने, “परमप्रभुको सन्दुकलाई हामीले के गर्नुपर्छ? हामीले त्‍यसको आफ्नै देशमा त्‍यो कसरी पठाउनुपर्छ हामीलाई भन्‍नुहोस् ।

परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ ।

मिश्रदेशको आत्‍मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।

यसकारण, हेर्, म यी मानिसहरूका माझमा अचम्‍मका कुरा, आश्‍चर्यमाथि आश्‍चर्य गर्नलाई अघि बढ्‍नेछु । तिनीहरूका बुद्धिमान् मानिसहरूका बुद्धि नष्‍ट हुनेछ र तिनीहरूका विवेकशील मानिसहरूका समझ लोप हुनेछ ।”

राजाले तिनीहरूलाई सोधेका ज्ञान र समझका सबै प्रश्नहरूमा, तिनको सारा राज्यमा भएका जादुगरहरू र मृतहरूसँग बातचित गर्न सक्छौं भनेर दावी सबै जनाभन्दा तिनीहरू दस गुणा असल थिए ।

महाराजाले जे माग गर्नुभएको छ त्यो अत्यन्तै कठिन छ, र यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन, र तिनीहरू मानिसहरूका बिचमा बस्दैनन् ।”

तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्‍यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए ।

तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्‍यो । राजाले भने, “ए बेलतसजर, त्‍यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस् ।

हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो ।

अनि, म दानिएल थकित भएँ र केही दिनसम्म कमजोर भएँ । त्यसपछि, म उठें, र राजाको कामधन्धामा लागें । तर म दर्शनको कारणले भयभीत भएँ, र यसलाई बुझ्ने त्यहाँ कोही थिएन ।

¶ यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्‍न लागे,

तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्‍न खोज्दैछ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।

कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ ।