TSK

TSK · उत्पत्ति 43:21

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तिमीहरूले दुई गुणा रुपियाँ-पैसा पनि लिएर जाओ । तिमीहरूका बोरा खोल्दा मुखमा फेला परेका रुपियाँ-पैसा पनि सँगै लिएर जाओ । सायद त्यो भुल थियो ।

हामीले हाम्रा बोराहरूका मुखमा फेला पारेका रुपियाँ-पैसा त हामीले कनान देशबाट फेरि तपाईंकहाँ फर्काएर ल्यायौँ । तब कसरी हामीले हाम्रा मालिकको घरबाट चाँदी वा सुन चोर्न सक्छौँ?

एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ ।

हाम्रा लागि प्रार्थना गर, किनकि हामीमा सफा विवेक छ भनी निश्‍चित हुन सकौँ र सबै कुरामा ठिक प्रकारले जिउन सकौँ ।

असल विवेक कायम राख ताकि ख्रीष्‍टमा तिमीहरूका असल जीवनको निन्दा गर्न खोज्‍नेहरू लाजमा परून्, किनकि तिनीहरूले दुष्‍ट मानिसहरूको रूपमा तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् ।