TSK

TSK · यशैया 21:3

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तिमीहरूका ह्रदयमा हुने डर र तिमीहरूका आँखाले देख्‍नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले 'राति भइदिए हुन्थ्यो!' भन्‍ने छौ भने राति तिमीहरूले 'बिहान भइदिए हुन्थ्यो!' भन्‍ने छौ ।

तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्‍त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्‍छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् ।

साँच्‍चै, सिब्माको दाखबारीको निम्ति म याजेरसँगै रुनेछु । ए हेश्बोन र एलाले, मेरो आँसुले म तँलाई भिजाउनेछु । किनकि तेरो गृष्मका फलहरू र कटनीको आनन्दको आवाजलाई मैले अन्त गरेको छु ।

गर्भवती स्‍त्रीले बालक जन्माउने समय नजिक भएझैं, तिनी प्रसव वेदना हुँदा झैं र आफ्नो प्रसव वेदनामा चिच्याउँदा झैं, हे परमप्रभु, तपाईंको सामु हामी त्यस्तै छौं।

हेर्, कसैले बोज्रालाई गरुडझैं आक्रमण गर्नेछ, तलतिर बेग हानी यसमाथि आफ्ना पखेटा फैलाउनेछ । तब त्यस दिनमा एदोमका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएकी स्‍त्रीको हृदयजस्तै हुनेछन् ।”

त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले । त्यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे ।

मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्‍डीहरू मक्‍किन्छन्, र म भित्र-भित्रै काँप्‍छु ।