TSK

TSK · यशैया 30:21

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

बलियो हो र खुबै साहसी हो । मेरा दास मोशाले पालन गर्न तँलाई आज्ञा गरेका सबै व्यवस्था सावधानीसाथ पालन गर् । यसबाट दाहिनेतिर वा देब्रेतिर नलाग्, ताकि तँ जहाँ गए तापनि सफल हुन सक्‍ने छस् ।

मेरो बारेमा, मैले तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको विरुद्धमा पाप गर्ने कुरा मबाट परै रहोस् । बरु म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु ।

परमप्रभु असल र सोझो हुनुहुन्छ । यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ ।

बिहानमा मलाई तपाईंको करारको विश्‍वस्‍तता सुन्‍न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्‍नो प्राण तपाईंतिर उचाल्छु ।

दाहिने वा देब्रेतिर नलाग् । खराबीबाट तेरो चाललाई फर्का ।

त्यहाँ पवित्र बाटो भनिने मुल बाटो हुनेछ । अवित्रहरूले त्‍यसमा यात्रा गर्नेछैनन् । तर यो यसमा हिंड्नेहरूका निम्ति हुनेछ । यसमा कुनै मूर्ख जानेछैन ।

परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले कसरी सफल हुने भनी सिकाउँछ, जसले तिमीहरू जानुपर्ने बाटोमा डोर्‍याउँछ ।

परमप्रभु यसो भन्‍नुहुन्छ, “दोबाटोमा खडा हो र हेर् । प्राचीन मार्गहरू बारेमा सोधखोज गर् । 'यो असल मार्ग कहाँ छ?' तब त्यसैमा हिंड, र आफ्नो लागि विश्रामस्थल पत्ता लगा । तर मानिसहरू भन्छन्, 'हामी जाने छैनौं ।'

तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्‍छ र तिमीहरूलाई सिकाउन कसैको आवश्‍यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ, अनि त्‍यो सत्‍य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो ।