TSK

TSK · यशैया 39:6

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

नबूकदनेसरले परमप्रभुको मन्दिर र राजदरबारबाट सबै मूल्यवान थोकहरू लगे । परमप्रभुले भन्‍नुभएझैँ इस्राएलका राजा सोलोमनले परमप्रभुको मन्दिरमा बनाएका सबै सुनका सामानहरू तिनले काटेर निकाले ।

बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए ।

म त्यसलाई यस सहरका सबै धनसम्पत्ति, यसका सबै बहुमूल्य थोकहरू र यहूदाका राजाहरूका सबै खजाना दिनेछु । म यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु, र तिनीहरूले ती समात्‍नेछन् । तिनीहरूले तिनलाई लानेछन् र बेबिलोनमा पुर्‍याउनेछन् ।

परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलो विषयमा कल्दीहरूले ती टुक्राटुक्रा पारे, र सबै काँसाचाहिं बेबिलोनमा लगे ।

परमप्रभुले यहूदाका राजा यहोयाकीममाथि नबूकदनेसरलाई विजय दिनुभयो, र उहाँले परमेश्‍वरको मन्‍दिरबाट केही पवित्र थोकहरू तिनलाई दिनुभयो । ती तिनले बेबिलोनियाको देशको आफ्नो देवताको भवनमा ल्याए, र ती पवित्र थोकहरूलाई तिनले आफ्नो देवताको भण्डारमा राखे ।