TSK

TSK · यशैया 43:21

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तर धर्मीहरूलाई परमप्रभुले आफ्नो निम्ति अलग गर्नुहुन्छ भनी जान । मैले परमप्रभुलाई पुकारा गर्दा उहाँले सुन्‍नुहुनेछ ।

यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्‍म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् ।

परमप्रभुले हरेक थोक यसको आफ्नो उद्धेश्यको लागि बनाउनुभएको छ । उहाँले दुष्‍टहरूलाई समेत विनाशको दिनको लागि राख्‍नुभएको छ ।

तेरा सबै मानिस धर्मी हुनेछन् । तिनीहरूले सदाको निम्ति देश अधिकार गर्नेछन् । म महिमित हुन सकूँ भनेर ती मैले रोपेका बिरुवाका हाँगा र मेरा हातका काम हुन् ।

किनकि यो सहर मेरो लागि आनन्दको वस्तु अनि पृथ्वीका सबै जातिका लागि प्रशंसाको गीत र सम्मान हुनेछ । मैले यसको लागि गर्ने सबै असल कुराहरू तिनीहरूले सुन्‍ने छन् । त्यसपछि मैले यस सहरलाई दिने सबै असल कुरा र शान्तिको कारणले तिनीहरू डराउनेछन्, र थरथर काँम्‍नेछन् ।'

तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र रहनुहुन्छ, जसलाई तिमीहरूले परमेश्‍वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्‍ने के तिमीहरूलाई थाहा छैन?

प्रेममा परमेश्‍वरले हामीलाई येशू ख्रीष्‍टद्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गर्नको निम्ति पूर्णनिर्धारण गर्नुभयो । उहाँले यसो गर्नुभयो किनकि उहाँले योजना गर्नुभएको कुरा गर्न उहाँ प्रसन्‍न हुनुभयो ।

किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्‍टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए ।

त्यसैले, उहाँद्वारा परमेश्‍वरलाई महिमा दिन हामी सधैँ बलिदान चढाऔँ, उहाँको नाउँलाई थाहा गर्दै महिमा दिनु हाम्रो ओठको फल हो ।