TSK

TSK · याकूब 3:10

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्‍यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्‍यौ ।”

तर दुष्‍टलाई परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,

तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”

किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र?

खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्‌मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ ।