तब हिजकियाले यशैयालाई भने, “तपाईंले भन्नुभएको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “मेरो जीवनकालभरि शान्ति र स्थिरता हुनेछ ।”
TSK
TSK · याकूब 5:10
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
किनकि तिनीहरू मेरो परिषद् सभामा खडा भए त तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन सुन्न लगाउनेथिए, तिनीहरूले उनीहरूका दुष्ट वचन र भ्रष्ट अभ्यासहरूबाट फर्कन लगाउनेथिए ।
तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्ट कुराहरू भन्दछन् ।
त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।
त्यहाँ पठाइएका अगमवक्ताहरूलाई मार्ने, ढुङ्गाले हान्ने हे यरूशलेम! मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुलेझैँ तेरा सन्तानहरूलाई बटुल्न कति पटक इच्छा गरेँ, तर तैँले मानिनस् ।
तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्तालाई सताएनन्? तिनीहरूले अगमवक्ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्वासघाती र उहाँका हत्यारा बन्नु भएको छ ।
अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्ता, दाऊद, शमूएल र अगमवक्ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन ।