तापनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्तर थपिरहनेछैन ।
TSK
TSK · यर्मिया 2:13
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।”
तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।
शासकहरू वा मनावजातिमा आफ्नो भरोसा नराख, जसमा कुनै उद्धार छैन ।
मैले सूर्यमूनि गरिने सबै काम देखेको छु, र ती सबै व्यर्थ छन् र बतासलाई खेदेजस्तो हो
किनकि बुद्धि, ज्ञान र सिपले काम गर्ने कुनै मानिस होला, तर त्यसले आफूसित भएका सबै थोक अर्को मानिसलाई छाडिदिने छ । यो पनि बाफ र ठुलो दुर्भाग्य हो ।
तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ । यो पनि बाफ नै हो र बतासलाई खेद्ने कोसिस मात्र हो ।
गोरुले आफ्नो मालिक चिन्छ र गधाले आफ्नो मालिकको डूँड चिन्छ, तर इस्राएलले चिन्दैन र इस्राएलले बुझ्दैन ।”
यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् । तिनीहरूका आदरणिय अगुवाहरू भोक-भोकै हुन्छन् र तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन ।
मानिहरूले झोलाबाट सुन खन्याउँछन् र चाँदीलाई तराजुमा जोख्नेछन् । तिनीहरूले सुनारलाई ज्याला लिन्छन् र त्यसबाट उसले एउटा देवता बनाउँछ । तिनीहरू त्यसको सामु घोप्टो पर्छन् र त्यसको पुजा गर्छन् ।
किनकि उहाँले भन्नुभयो, “निश्चय नै तिनीहरू मेरा मानिसहरू हुन्, छोराछोरी जो बेइमान छैनन् ।” उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो ।
के कुनै जातिले आफ्ना देवताहरू साटेका छन्? यद्यपि ती देवताहरू नै थिएनन् । तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्नो महिमालाई साटेका छन् ।
चोर समातिंदा त्यो लज्जित भएझैं, इस्राएलको घराना लज्जित हुने छ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्जित हुनेछन् ।
मेरो जातिको मूर्खताको कारणले तिनीहरूले मलाई चिन्दैनन् । तिनीहरू निर्बुद्धी मानिसहरू हुन्, र तिनीहरूको समझशक्ति छैन । तिनीहरूमा दुष्ट्याइँको सिप छ, तर भलाइ गर्न जान्दैनन् ।
अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”
परमप्रभु नै इस्राएलको आशा हुनुहुन्छ । तपाईंलाई त्याग्नेहरू सबै लाजमा पर्नेछन् । देशमा तपाईंबाट तर्केर जानेहरू धुलोमा लेखिनेछन्, किनकि तिनीहरूले परमप्रभु, जिउँदो पानीको मूललाई त्यागेका छन् ।
तिनीहरूले मलाई त्यागेका र यस ठाउँलाई अपवित्र तुल्याका हुनाले म यसो गर्ने छु । यही ठाउँमा आफूले नचिनेका अन्य देवताहरूलाई तिनीहरूले बलिदान चढाउँछन् । तिनीहरू, तिनीहरूका पिता-पुर्खाहरू र यहूदाका राजाहरूले यही ठाउँमा निर्दोष रगत पनि बगाएका छन् ।
अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् । युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्त्र अर्थात् लबेदा खोस्छौ ।
तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्यसको अन्तस्करणमा अनन्त जीवनसम्मै उम्रिरहने पानीको मूल बन्नेछ ।”
यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।
¶ त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।