TSK

TSK · यर्मिया 44:21

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

त्यसैले त्यसकी आमाले एलियालाई भनिन्, “हे परमेश्वरका जन, मेरो विरुद्धमा तपाईंसित के छ? के तपाईं मेरो पापलाई स्मरण गराई मेरो छोरोलाई मार्न आउनुभएको हो?”

हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् ।

परमप्रभु आफ्‍ना मानिसलाई यसो भन्‍नुहुन्छ, “तिनीहरू बरालिन मन पराउने भएको हुनाले त्यसो गर्नदेखि तिनीहरूले आफ्ना खुट्टालाई रोकेका छैनन् ।” परमप्रभु तिनीहरूसित खुसी हुनुहुन्‍न । अब उहाँले तिनीहरूका अधर्म सम्झनुभएको छ, र तिनीहरूका पापलाई दण्ड दिनुभएको छ ।

किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।

तँ आफैंले हरेक सर्वजनिक ठाउँमा गुमज पुजाकोठा बनाइस्‌ ।

तिनीहरूका सबै दुष्‍ट कामलाई मैले याद गर्छु, भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् । अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् । ती मेरो अनुहारको सामु छन् ।

त्यो ठुलो नगर तिन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्‍ट भए । अनि परमेश्‍वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो ।