तिनीहरूका सबै रक्षकहरू अन्धा छन्, तिनीहरूले बुझ्दैनन् । तिनीहरू सबै भुक्न नसक्ने शान्त कुकुरहरू हुन् । तिनीहरू सपना देख्छन् र तिनीहरू ढल्केर सुत्न मन पराउँछन् ।
TSK
TSK · यूहन्ना 10:1
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।
हेर, यो परमप्रभुको घोषणा हो, भनेर छलपूर्ण सपनाहरू देख्ने र त्यसपछि ती घोषणा गर्ने र यसरी आफ्ना छल र अहङ्कारले मेरा मानिसहरूलाई भ्रममा पार्ने अगमवक्ताहरूका विरुद्धमा म छु । म तिनीहरूको विरुद्धमा छु, किनकि मैले तिनीहरूलाई पठाएको होइन, न त तिनीहरूलाई आज्ञा दिएको छु । त्यसैले तिनीहरूले निश्चय नै यी मानिसलाई मदत गर्नेछैन, यो परमप्रभुको घोषणा हो ।
“सबै निर्वासितकहाँ यो खबर पठा र यसो भन्, 'नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्नुहुन्छः म आफैले शमायाहलाई नपठाउँदा पनि उसले तिमीहरूलाई अगमवाणी बोलेको र उसले तिमीहरूलाई झूटा कुराहरूमा विश्वास गर्न डोर्याएको छ,
“ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर गोठालाहरूलाई यसो भन्नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र?
किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्नेछ ।
धिक्कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
मभन्दा अगि आउनेहरू सबै चोर र डाँकु हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् ।
किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ ।
जसरी धर्मशास्त्रले भन्दछः “जब उहाँ उच्च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।”
र कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै उसलाई परमेश्वरद्वारा बोलाइएको हुन्छ ।
¶ इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन् ।
तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् ।