म तिमीहरूलाई पश्चात्तापको निम्ति पानीले बप्तिस्मा दिन्छु । तर मपछि आउनुहुनेचाहिँ मभन्दा शक्तिशाली हुनुहुन्छ, र म उहाँका चप्पलहरू बोक्न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ ।
TSK
TSK · यूहन्ना 10:41
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
उनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्तिस्मा-दिने यूहन्ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण, यी शक्तिहरूले उनमा काम गरिरहेका छन् ।”
¶ जब मानिसहरू येशूकहाँ परमेश्वरको वचन सुन्नको लागि जम्मा भए, त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो ।
¶ त्यसै बेला, जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए । उनीहरूको सङ्ख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थियो । उहाँले आफ्ना चेलाहरूलाई यसो भन्न सुरु गर्नुभयो, “फरिसीहरूको खमिरबाट सावधान रहो, जुनचाहिँ पाखण्डीपना हो ।
अर्को दिन यूहन्नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा!
गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्वास गरे ।