यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बिचबाट हट्नेछ, जबसम्म त्यसका मालिक आउँदैनन् । जातिहरूले उहाँको आज्ञा मान्नेछन् ।
TSK
TSK · यूहन्ना 4:22
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तर हाम्रा बारेमा त, परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामीले उहाँलाई त्यागेका छैनौं । हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्तानहरू पुजारीको रूपमा छन्, र आफ्नो काम गर्ने लेवीहरू छन् ।
हाम्रो परमेश्वर बचाउनुहुने परमेश्वर हुनुहुन्छ । हामीलाई मृत्युबाट बचाउन सक्षम परमप्रभु परमेश्वर नै हुनुहुन्छ ।
धेरै जना मानिसहरू आउनेछन् र भन्नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं ।” किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ ।
ए सियोनका बासिन्दाहरू हो, उच्च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।
त्यस दिन तिनीहरूले यरूशलेमलाई भन्नेछन्, “ए सियोन, नडरा । तेरा हात कमजोर हुन नदे ।
र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
यसकारण परमेश्वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ ।
तिनीहरू इस्राएलीहरू हुन् । धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्वरको आराधना र प्रतिज्ञाहरू उनीहरूकै हुन् ।