TSK

TSK · यूहन्‍ना 5:43

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

किनकि मेरो नाउँमा धेरै जना आउनेछन् । किनकि तिनीहरूले भन्‍नेछन्, ‘म नै ख्रीष्‍ट हुँ!’ र धेरैलाई भड्काउनेछन् ।

किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।

येशूले भन्‍नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।

हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”

केही समयअगि, थूदास केही हुँ भन्‍ने दाबी गर्दै खडा भयो, र झण्डै चार सय जना मानिस त्योसँगै लागे । त्यो मारियो र त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरवितर भए र त्यो सब छरपस्ट भयो ।

र कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै उसलाई परमेश्‍वरद्वारा बोलाइएको हुन्छ ।