TSK

TSK · यूहन्‍ना 6:5

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।

जब उहाँहरू समुयद्र तटमा आउनुभयो, उहाँले ठुलो भिड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनकि उनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए । अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो ।

दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”

अझ पनि चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्‍दैनौ? म तिमीहरूलाई भन्‍दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन् ।