परमप्रभु घोषणा गर्नुहुन्छ, “आफ्ना झूटका धनुहरूलाई तिनीहरूले आफ्ना जिब्राले दबाउँछन्, तर तिनीहरूको विश्वसनीयताको कारणले तिनीहरू पृथ्वीमा बलिया भएर बढ्ने होइनन् । तिनीहरू एउटा दुष्ट कामदेखि अर्को दुष्ट काम गर्छन् । तिनीहरूले मलाई चिन्दैनन् ।”
TSK
TSK · यूहन्ना 8:55
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्तिले बाहेक पितालाई कसैले चिन्दैन ।
कसैले पनि परमेश्वरलाई कहिल्यै देखेको छैन । पिताको छातीमा अडेस लाग्नुहुने एक मात्र परमेश्वरले उहाँलाई चिनाउनुभएको छ ।
त्यसपछि येशूले मन्दिरमा सिकाइरहनुहुँदा ठुलो सोरमा यसो भन्नुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौँ ।
मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एकलै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्न पार्ने काम गर्छु ।”
म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्नेछैन ।”
तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ ।
तिनीहरूले यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् ।
किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्ने वस्तुहरू देखेँ । मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʻअज्ञात ईश्वरका निम्तिʼ भन्ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्नुहुन्छ, तिनै ईश्वरको बारेमा म तपाईंहरूलाई बताउँछु ।
जसले “म परमेश्वरलाई चिन्छु “ भन्छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्यो झुटो हो, र त्यसमा सत्य हुँदैन ।
जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्वास गरेको छैन ।