TSK

TSK · यहोशू 13:2

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

¶ अब्राहामको समयमा परेको पहिलो अनिकालबाहेक त्‍यस देशमा अर्को अनिकाल पनि पर्‍यो । इसहाक पलिश्‍तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए ।

परमप्रभुले तिमीहरूकै सामु यी सबै जातिलाई धपाइदिनुहुने छ, र तिमीहरूले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई पराजित गर्ने छौ ।

गिलाद, गशूरीहरू र माकातीहरूको प्रदेश, सबै हेर्मोन डाँडा, सलकासम्मका सबै बाशान;

¶ यति बेला इस्राएलको अर्थात् कनानमा लडिएका कुनै पनि युद्धको अनुभव नभएका इस्राएलका हरेक व्‍यक्‍तिको जाँच गर्नलाई परमप्रभुले यी जातिहरूलाई छोडिदिनुभयो ।

तिनका महिला छोरा नाबबालकी विधवा कर्मेली अबीगेलबाट जन्मेका किलाब थिए । साहिंला छोरा अब्शालोम, जो गशूरका राजा तल्मैकी छोरी माकाका छोरा थिए ।

किनकि तपाईंको दासले अरामको गशूरमा बस्दा यसो भनेर एउटा भाकल गरें, “परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने, म परमप्रभुको आराधना गर्ने छु ।”

ए सुमुद्रको किनारमा बस्‍ने करेती जाति, तिमीहरूलाई धिक्‍कार । ए पलिश्तीहरूको देश कनान, परमप्रभु तिमीहरूका विरुद्धमा बोल्नुभएको छ । कोही पनि नरहने गरी म तँलाई नाश गर्नेछु ।