मत्ती 9:8
TSK
जब भिडले यो देख्यो, तिनीहरू छक्क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्वरको प्रशंसा गरे ।
TSK
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
जब भिडले यो देख्यो, तिनीहरू छक्क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्वरको प्रशंसा गरे ।
सबै भिड छक्क परे र भने, “के यी मानिस दाऊदका पुत्र हुन सक्छन्?”
अनि सबै मानिस छक्क परेर एक आपसमा भन्न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन्!”
तब तिनीहरू सबै डराए । तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहे, “हाम्रा बिचमा एउटा महान् अगमवक्ता खडा भएका छन् र परमेश्वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।”
जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्यो, ऊ चर्को स्वरले परमेश्वरको महिमा गर्दै फर्कियो ।”
संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन ।