TSK

TSK · मर्कूस 2:20

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन् ।

साँच्‍चै एक जना जवान मानिसले जवान स्‍त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्‍नी दुलहीसँग आनन्‍दित भएझैं तेरा परमेश्‍वर तँसित आनन्‍दित हुनुहुनेछ ।

त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन् ।’

दुलहीचाहिँ दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्‍ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पुरा हुनेछ ।

गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ हुनेछैनँ ।”

म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।

अब उप्रान्त म संसारमा हुन्‍नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदै छु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिनुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू एक होऊन् ।

येशूले यी कुराहरू भनिसक्‍नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो ।

जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”

पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्‍चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक । त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्दछ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस् ।

किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्‍वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ ।

हामी आनन्दित होऔँ र खुसी मनाऔँ, र उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन् ।”