सर्पले स्त्रीलाई भन्यो, “निश्चय नै तिमीहरू मर्नेछैनौ ।
TSK
TSK · मर्कूस 8:33
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तब दाऊदले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने छ र? किनकि आज म इस्राएलका राजा हुँ भन्ने कुरा मलाई थाहा छैन र?”
धर्मी मानिसले मलाई हिर्काओस् । त्यो मेरो निम्ति दया हुनेछ । त्यसले मलाई सच्याओस् । त्यो मेरो शिरमा लगाएको तेलझैं हुनेछ । मेरो शिरले त्यो स्वीकार गर्न इन्कार नगरोस् । तर मेरो प्रार्थना सधैं नै तिनीहरूका दुष्ट कामहरूको विरुद्धमा हुन्छ ।
त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’ ।”
तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्ती गरे, “तिनलाई यहाँबाट पठाइदिनुहोस्, किनकि तिनी हाम्रो पछि चिच्च्याइरहेकी छन् ।”
उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन्!”
तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो ।
जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन् ।
तिनीहरूको नतिजा विनाश हो । किनकि तिनीहरूको ईश्वर तिनीहरूको पेट हो, र तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड छ । तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन् ।
यो भनाई सत्य छ, तिनीहरूलाई कडाइका साथ सुधार, ताकि तिनीहरू विश्वासमा ठिक हुन सकून् ।
¶ यसैकारण, जसरी ख्रीष्टले शरीरमा कष्ट भोग्नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ ।
मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्चात्ताप गर र इमानदार होऊ ।