देशमा अन्नको प्रशस्त होस् । पहाड टुप्पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।
TSK
TSK · मत्ती 13:32
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
अन्तका दिनहरूमा यस्तो हुनेछ परमप्रभुको मन्दिरको पर्वतलाई सबैभन्दा उच्च पर्वतहरूझैं स्थापित गरिनेछ, र डाँडाहरूभन्दा माथि त्यो उचालिनेछ, र सबै जातिहरू यतैतिर आउनेछन् ।
आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्चा जन्माए । धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे ।
हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्यो ठोक्कियो, र त्यसले ती चकनाचूर पार्यो ।
त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो । जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे । सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे ।
साना कुराहरूका दिनलाई कसले तुच्छ ठानेको छ? यी मानिसहरूले रमाहट गर्नेछन् र यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्नेछन् । (यी सात बत्तीहरू परमप्रभुका आँखा हुन् जुन सारा पृथ्वीभरि घुमिरहन्छन् ।)
त्यस दिन, जुन दिनको विषयमा परमप्रभुलाई मात्र थाहा छ, दिन वा रात हुनेछैन, किनभने साँझचाहिँ उज्यालोको समय हुनेछ ।
उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्वरको प्रशंसा गरे, र उनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौँ यहूदीले विश्वास गरेका छन् । उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् ।
तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्य हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”