TSK

TSK · गन्ती 23:22

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

४३० वर्षको अन्तिम दिनमा परमप्रभुका सबै सशस्‍त्र दलहरू मिश्र देशबाट बाहिरिए ।

तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।”

तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए । तिनले उनलाई निमन्त्रणा दिए र भने, “हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ । तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन् ।

ऐश्‍वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन्, र तिनका सिङ अर्नाका सिङ हुन् । तीद्वारा नै तिनले सबै मानिसलाई पृथ्वीको पल्लो छेउसम्म हान्‍ने छन् । यी एफ्राइमका दसौँ हजार हुन् र मनश्शेका हजारौँ हुन् ।

वन-गोरुलाई हलोको सियोमा हिंडाउन तँ डोरीको प्रयोग गर्न सक्छन्? त्यसले तेरो कुरा मानेर उपत्यकाहरूलाई जोत्‍नेछ?

मलाई सिंहको मुखबाट बचाउनुहोस् । जङ्गली साँढेहरूका सिङ्हरूबाट मलाई बचाउनुहोस् ।

तपाईंले मेरो सिङलाई जङ्गली गोरुको सिङझैं ठाडो पार्नुभएको छ । मलाई ताजा तेलले अभिषेक गरिएको छ ।