TSK

TSK · गन्ती 3:3

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तैँले तेरा दाजु हारून र त्यसका छोराहरूलाई यी पोशाकहरू पहिराइदिनू । पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई अभिषेक गर्नू, नियुक्त गर्नू र मेरो निम्ति अलग गर्नू ।

मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।

¶ परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे ।

किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्‍यो, जससँग कमजोरी हुन्थे । तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ ।