यस अवस्थामा त्यो मानिसले आफ्नी पत्नीलाई पुजारीकहाँ ल्याउनुपर्छ । पतिले त्यसको तर्फबाट आवश्यक पर्ने बलिदान अर्थात् आधा पाथी जौको पिठो ल्याउनुपर्छ । उसले यसमा तेल हाल्नुहुँदैन र कुनै सुगन्धित मसला हाल्नुहुँदैन, किनभने यो डाहको अन्नबलि अर्थात् अपराध याद दिलाउनेको चढाइएको अन्नबलि हो ।
TSK
TSK · गन्ती 5:18
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
श्राप ल्याउने यो पानी तेरो पेटभित्र जानेछ र तेरो पेट सुनिनेछ र तेरो जाँघ सुक्ने छ । त्यो महिलाले 'हो, म दोषी छु भने यस्तै होस्' भनी जवाफ दिनुपर्छ ।
तिमीहरूका बिचमा भएका कुनै पुरुष, स्त्री, घराना, कुलको ह्रदय परमप्रभु हाम्रा परमेश्वरबाट तर्केर गई ती जातिहरूका देवताहरूको पुजा गर्न पछि नलागोस् भन्ने कुरामा निश्चित होओ । तिमीहरूका बिचमा यस्तो तितो विष उत्पन्न गर्ने कोही नहोस् ।
तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।
मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्नो पछाडि फाल्नुभएको छ ।
यदि कुनै स्त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् ।
किनभने परमेश्वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ ।
तिम्रो प्रेम, विश्वास, सेवा, तिम्रो धैर्यवान् सहनशिलता र तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमीले अहिले जे गरेका छौ, त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्वका छन् ।