परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्कोभन्दा बलवान् हुनेछ, र जेठाले कान्छाको सेवा गर्नेछ ।”
TSK
TSK · ओबदिया 1:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
जब इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे, इस्राएलका मानिसहरूलाई सहायता गर्ने र तिनीहरूलाई बचाउने कोही एक जनालाई परमप्रभुले खडा गर्नुभयोः उनी कनाजका छोरा ओत्निएल (कालेबका भाइ) थिए ।
“मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”
पृथ्वीका सबै समृद्ध मानिसहरूले भोज गर्नेछन् र आराधना गर्नेछन् । धूलोमा झरिरहेका सबैले उहाँको सामु दण्डवत गर्नेछन्, जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन् ।
विजयमा धर्मीहरू आनन्दि होऊन् । तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन् ।
किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिका राजकुमार राखिनेछ ।
तब चन्द्रमा लज्जित हुनेछ र सूर्य अपमानमा पर्नेछ, किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा अनि महिमामा आफ्ना धर्मगुरुहरूका सामु राज्य गर्नुहुनेछ ।
ती राजाहरूको समयमा, स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।
राज्य र प्रभुत्व, र सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्च परमेश्वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्नेछन् ।’
परमप्रभुको नाउँ पुकार्ने हरेक व्यक्ति बचाइनेछ । किनकि जस्तो परमप्रभुले भन्नुभएको छ, सियोन पर्वतमा र यरूशलेममा छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ ।
परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।
युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।
तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस् ।
उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ ।
के विश्वासीहरूले संसारको न्याय गर्छन् भन्ने तिमीहरूलाई थाहा छैन? अनि तिमीहरूले संसारको न्याय गर्ने हो भने महत्त्वहीन कुराहरूलाई मिलाउन सक्दैनौ र?
त्यस व्यक्तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्किएको मार्गबाट फर्काउँछ, उसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्नेछ ।
अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्तिमान् परमेश्वरले राज्य गर्नुहुन्छ ।
अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्नुहुनेलाई न्याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।